|

काठमाडौँः तराईका बाढीपीडितको सहयोगार्थ नेपाल मुक्तक प्रतिष्ठानले भदौ १६ गते काठमाडौँमा आयोजना गरेको मुक्तक मेलाबाट उठेको एक लाख २५ हजार रुपैँया मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्‍यो। 

प्रधानमन्त्री देउवाले देश विपत्तिमा परेको बेला साहित्यकारहरूले  राहतको भावनाबाट गरेको सहयोग निकै प्रशंसनीय भएको बताउँदै प्रतिष्ठान परिवारलाई बधाई र शुभकामना दिए। सहयोग रकमको चेक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले हस्तान्तरण गरेका थिए। 

चेक हस्तान्तरण समारोहमा प्रतिष्ठानका महासविच रमेश पौडेलले देशमा आपत–बिपद आइपरेको बेला प्रतिष्ठानले स्थापनाकालदेखि नै सिर्जनाबाट सहयोगी हात बढाउँदै आएको बताए। समारोहमा प्रतिष्ठानकी सल्लाहकार उषा शेरचन, उपाध्यक्ष वियोगी बुढाथोकी, सविच बादल घिमिरे, कोषाध्यक्ष निशा केसी, सदस्यहरू यादव भट्टराई, गुप्तबहादुर श्रेष्ठ र कल्पना श्रेष्ठ सहभागी थिए। 

नेपाली मुक्तकको विधागत विकास र विस्तारमा लागेको नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै सिर्जनाबाट सहयोगी हात बढाउँदै आएको छ। 

२०७० सालमा टिकटमा मुक्तक (मुक्तक महोल) कार्यक्रम गरी सुदूरपश्चिमाञ्चलका बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख सात हजार २८१ रुपैयाँ हस्तान्तर गरेको थियो।

प्रतिष्ष्ठानका इजरायल र मलेसिया शाखाको पहलमा २०७१ मा सिन्धुपाल्चोक जुरेका बाढीपीडित अनाथ बालबालिकाको पठन–पाठनका लागि चार लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेको छ । यसैगरी २०७२ मा विनाशकारी भूकम्पको बेलामा पनि तीन लाख २५ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण प्रतिष्ठानकै पहल र प्रयासमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट