|

काठमाडाैँ: हरेक दुई वर्षमा हुँदै आएको अन्तर्राष्ट्रिय साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको पर्थमा सेप्टेम्बर ९ र १० तारिखमा आयोजना हुने भएको छ। यो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरले आयोजना गर्न लागेको हो।

कार्यक्रममा अमेरिका, बेलायत, जापान, भारत, बेल्जियमलगायत अन्य देशबाट पाँच दर्जन साहित्यकारहरूको सहभागिता रहने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्यापटरका अध्यक्ष गणेश घिमिरेले जानकारी दिए। पर्थको नेपाली समुदायमा हुन लागेको यो कार्यक्रम अन्तर्राष्ट्रियस्तरको पहिलो कार्यक्रम भएको पनि उनले बताए।

यसअघि सन् २०१५ मा चौथो साहित्य सम्मेलन जापानको टोकियोमा आयोजना गरिएको थियो। संसारभर विभिन्न ४० वटा देशमा ९० को हाराहारीमा अनेसासका च्याप्टरहरू खोलेर नेपाली साहित्यको उत्थान गर्ने उद्देश्यले हरेक दुई वर्षमा यस्ता सम्मेलनको आयोजना गरिएको घिमिरेले जानकारी दिए।

उक्त सम्मेलनमा आधा दर्जन साहित्यिक कृतिको विमोचनसमेत हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.