|

कालिकोट : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले अधिकारका लागि बन्दूक उठाउन तयार रहेको बताएका छन्। कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले आफुले कहिल्ये युद्धको कुरा नगरेको बताए। 

‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं,’ उनले भने,‘अधिकारका लागि हामी बन्दूक उठाउन तयार रहेका छौं।’ उनले नेपालका सबै नेताहरु भारतको इशारामा चल्ने गरेको आरोप लगाए। ‘यो देशका सबै नेताहरु दिल्लीको इशारामा चल्ने गरेको छन्,’ उनले भने,‘यो देशका कुनै पनि नेता काठमाडौंबाट चल्ने हिम्मत राख्दैनन्।’

चन्दले देशमा शान्ति नआएको देशमा अहिले पनि द्वन्द्व भइरहेको बताए। ‘देशका ठुलाबडाहरुलाई शान्ति भएको होला।’ उनले भने,‘यो देशका दलित गरिब सुकुम्बासीहरुको बस्तीमा शान्ति आएका छैन् ।’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई धोका दिएको र उनीहरुलाई जनताले माफ नदिने चन्दले बताए। उनले अहिले जनसत्ता ब्युताउने तयारीमा आफ्नो पार्टी लागेको बताए। 

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले प्रचन्डलाई जनताले पत्याउन छाडेको बताए। ‘माओवादी शान्तिवार्ता आउँदा माओवादीसँग लाखौं मानिस थिएँ,’ उनले भने,‘प्रचण्डले जनतालाई धोका दिएँ अहिले माओवादी झिगाले पनि हेर्न छोडेँ । प्रचण्ड माओवादी खस्कदैँ गएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.