|

काठमाडौँ: गीतकार एवं संगीतकार बादल घिमिरेको दोस्रो गीति एल्बम 'पानी पानी' सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा संगीतकार सुरेश अधिकारी, संगीतकार लक्ष्मण शेष, गीतकार डा. नवराज लम्साल, गीतकार रमेश पौडेलले संयुक्त रूपमा एल्बम सार्वजनिक गरे।

एल्बम सार्वजनिकका अवसरमा बोल्दै संगीतकार सुरेश अधिकारीले बादल घिमिरे बहुआयामिक संगीतकार भएको बताए। संगीतकार लक्ष्मण शेषले आफ्नो संगीत सिर्जनाको पुस्ता बादल घिमिरेलाई हस्तान्तरण गरेको बताए भने गीतकार डा. लम्सालले बादल अव्वल दर्जाको संगीतकार भएको भन्दै प्रशंसा गरे।

कार्यक्रममा संगीतकार घिमिरेले संगीतकर्मी कल्याणकारी कोषलाई पाँच हजार रुपैयाँ सहयोग गरे। कार्यक्रममा 'अलि अलि ..' र 'तिम्रो तस्बीर ...' बोलका गीतको म्युजिक भिडियो पनि देखाइएको थियो।

एल्बममा बादल घिमिरेको संगीतमा राजेशपायल राई, राज सिग्देल, रूपक डोटेल, रजिना रिमाल, गोपाल ज्ञवालीको स्वर सुन्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.