|

बैतडीे : देहिमाण्डौंस्थित निङ्लासैनी भगवती मन्दिरमा भव्य मेला लागेको छ। यस मन्दिरमा हरेक भाद्र शुक्ल द्वादशीदेखी पूर्णिमासम्म मेला लाग्ने गर्दछ। यो मेलालाई ताका जात वा देजात भन्ने गरिन्छ। 

यो जात्रा निङ्लाशैनी मनिदरमा लाग्ने जात्राहरुमध्ये ठुलो जात्रा हो। पूर्णिमाका दिन समापन गरिने यस मेलाको मंगलबार चतुर्दशीका दिनलाई ठूलीजात भनिन्छ।
मेलालाई व्यवस्थित बनाउन निङ्गलासैनी धाार्मिक सेवा समिति र मेला व्यवस्थापन समितिले सबैमा आग्रह गरेको छ।  

सयौ भक्तजनहरुको उपस्थिति रहने यस मेलामा स्वराड क्षेत्र र बैतडी क्षेत्रका चन्द ठकुरीहरुले छुट्टा छुट्टै जात्रा लिएर आउने गर्दछन्। जात्रा मन्दिरमा पुगेपछि मन्दिर परिक्रमा गरी प्रसाद ग्रहण गर्ने गर्दछन्। 

मेलाका अवसरमा धुमधामका साथ देउडा खेल्ने गरिन्छ। किंवदन्ती अनुसार ७ सय वर्ष पहिले देहिमाण्डौं गाविसको  वडा नं.६ मा स्थित जंगलको एक भागमा निंगालोको बोटसँगै रहेको एक सिलामाथि आफ्नो गाईले दुध खसालेको देखेर बोहरा थरको श्रीमतीले निगालोको बोटमा हसिंया बजारेकी र रगत बगेपछि भगवती उत्पन्न भएको विश्वास गरिन्छ।

निंगालावाट उत्पन्न भएको हुनाले यहाँ उत्पन्न महाशक्तिलाई निङ्लासैनी भगवतीको रुपमा पुज्ने गरिन्छ।  निङ्लासैनी भगवतीको मन्दिरमा प्रत्येक संक्रान्ती र पूर्णिमाका दिन शास्त्रोक्त विधिबाट नियमित पुजा चढाईन्छ।  हरेक वर्ष ४ पटक मेला लाग्ने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.