|

लहान : नेकपा एमालेका तर्फबाट सिरहाको लहान नगरपालिकाका लागि प्रमुख पदका उम्मेदवार मुन्नि साहको लहान– ५ स्थित घरनजिकै मंगलबार साँझ सामान्य बिस्फोट भएको छ। बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब साढे ७ बजेतिर साहको मूल घरको उत्तर पश्चिमको पर्खाल नजिकै प्लाष्टिकले बेरिएको बालुवा प्याक गरिएको टिफिन बक्समा फालिएको ठाउँमा बिस्फोट भएको हो।

इलाका प्रहरी कार्यालय लहानले बिस्फोटपछि टिफिन बक्स नियन्त्रणमा लिएको छ। उम्मेदवार साहको घरमा प्रहरीको एक टोली तैनाथ छ।    
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.