विचार

'जंगे- बुद्धे'को पहिलो गाँसमै ढुंगा
SHARES

भदौ १, २०७३

    कहलिएका सीमाविद बुद्धिनारायण श्रेष्ठले लेखेको 'जङ्गे- बुद्धे' नामक पुस्तकको केही दिनअघि भएको लोकार्पण समारोहमा पुस्तकका भूमिकाकारले "चोर्इ भनेकाले खोर्इ भन्न पुगे"। राष्ट्रकवि माधव प्रसाद घिमिरे, सस्कृतिविद सत्यमोहन जोशी, भूमिकाकार प्रा डा खेम कोइराला बन्धु, लेखकका मनले खाएको भनिएका प्रा डा अभि सुवेदी, पुस्तकका प्रकाशक वासुदेव ढकाल, लेखक स्वयम र उद्घोषक नरेन्द्र कोइराला समेतले जङ्गबहादुरको गुनगान गाएको सुन्ने अवशर पाएकाले सधै जङ्गबहादुर राणालार्इ गालीगरेको मात्र सुन्दै आएकोमा मैले नौलो अनुभव र अचम्मको अनुभूति गर्ने अवशर पाए पनि मनमा कुण्ठा बोकेर दङ्ग नै परे।

    दङ्ग यसकारणले परे कि, अब भने उपन्यासलार्इ इतिहास नै हो भन्दै पढ्दै, लेख्दै, बुझ्दै, बुझाउँदै आएको नेपाली समाजमा सत्य साँचा यथार्थ कुराहरुले पनि "दूध पानी छुट्टिएझै" उजागर हुने मौका पाउने भए, अबका हाम्रा भावी सन्ततीहरुले सक्कली इतिहास पढ्न पाउने भएछन भनेर ।

    कुण्ठा बोक्न नै पर्ने कारण यस्तो भयो कि जङ्गबहादुले गरेको नयाँ मुलुक फिर्ता लिएको सन्धिको गहन अध्ययन नै नगरी सुनेकै भरमा 'जङ्गे- बुद्धे' जस्तो पुस्तकलार्इ उद्धधोषकको भाषण सुन्दा र प्रकाशक वासुदेव ढकालको प्रकाशकीय भनाइमा लेखिएको देख्दा यो पुस्तकको अब्रुक लिएर पुस्तकलार्इ इतिहास बन्ने मूल बाटो छेक्दै उपन्यास नै बनाएको रहेछ भन्ने कुराले पुस्तकको महिमा सुन्न पाउनासाथ दाँतमा ढुङ्गो लाग्न पुगेको हो ।

    साँचो सत्य र तथ्यपूर्ण इतिहासलार्इ लुकाउने कार्य किन र कस्ले गरेको हो वा गर्न लगाएको ?

    कतै हिजो अाजका सचेत र अध्ययनसिल नेपाली नागरिकहरुका मनमा यस अघि भारत सरकारका तर्फवाट बृटिस सरकार र नेपाल सरकारका बीचमा भएका सबै पुराना सन्धिहरु खारेज गर्दै नेपाल र भारतका बीचमा भएको ३१ जुलार्इ १९५० को मैत्री तथा शान्ति सन्धिको धारा ८ ले नेपालको हुन आएको पूर्वमा टिष्टा नदी हुँदै बङ्गलादेशको सीमानासम्म तथा पश्चिममा काङ्गडा (सतलज) सम्मको र दक्षिणतर्फ अंग्रेज विद्वान् Francis Buchanan Hamilton को AN ACCOUNT OF THE KINGDOM OF NEPAL नामक पुस्तकमा समावेस भएको नक्सा

    तथा देहरादूनमा बिर्ता पाउने देहरादून निवासी गोपाल गुरुङले तयार गरी श्री ५ रणबहादुर शाहलार्इ दिएको सुगौली सन्धि पूर्वको हाम्रो बिशाल गोर्खा साम्राज्यको नक्सा वा अरु प्रमाणित नक्सा बमोजिमका भूभागहरु भारतसँग भएको उक्त मैत्री तथा शान्ति सन्धि पूर्णरुपमा लागु गर्दै फिर्ता लिन बाकी रहेका सबै भूभागहरु भारतबाट फिर्ता लिनु पर्छ भन्ने जनआवाजलार्इ दवाउनकैलागि नेपाल र नेपाली नागरिकहरुलार्इ सधै अस्तव्यस्त बनाउन लागि परेका देशी विदेशी शत्रुहरुका आँखा लागेका त होइनन् ? ।

    (गोपाल गुरुङ भन्ने गोर्खा साम्राज्यको देहरादून निवासी मानिसले बनाएको भनिएको नक्सा नारायणहिटी राजदरवारको लाल बाकसमा थियो रे भन्ने कुरा योगी नरहरिनाथका मुखबाट एक दशक अघि नै सुनेको हुँ। हाल सो नक्सा कहाँ छ? सरकारले दरवारको लाल बाकसको बिवरण सार्वजनिक नगरेसम्म अनुमान बाहेक यसै हो भन्न सकिन्न।)

    उहिल्यै मरिसकेर पनि इतिहासले सँधै गाली गरेका जङ्गबहादुर राणाले सन् १८५७- ५९ को भारतको सिपाही विद्रोह दवाएर जलियालावाग काण्डमा अंग्रेज सरकारलार्इ सघाएर लगाएको गुनको बदलामा प्रचार प्रसार र छल गरेकै भरमा अंग्रेजहरुले वैध बनाएको २ डिसेम्बर १८१५ को तथाकथित सुगौली सन्धिबाट गुमेका भूभागहरु मध्ये राप्ती नदी र महाकाली नदीका बीचमा पर्ने बाँके बर्दीया कैलाली र कन्चनपुर समेतका भूभागहरुलार्इ १ डिसेम्बर १८६० मा सन्धि गरेर फिर्ता लिएको ऐतिहासिक तथ्यले खुल्लारुपमा प्रशंसा पाएको घटनालार्इ सामान्य नमानेर ऐतिहासिक नै मान्नु पर्छ।

    यो सन्धिलार्इ आधार मानेर सुगौली सन्धिले कायम गरिदिएको मेची नदीदेखि कोशी नदीसम्म तथा ११ डिसेम्बर १८१६ मा लालमोहर लागेको सन्धिले अंग्रेज सरकारले फिर्ता गरेका कोशी नदीदेखि राप्ती नदीसम्म र १ डिसेम्बर १८६० को सन्धिले फिर्ता भएको भूभागलार्इ एकमुष्ट बनाएर अंग्रेज सरकारलार्इ सीमानामा पिलर लगाउन बाध्य बनाउन सक्ने जङ्ग बहादुर उहिल्यै फर्केर नआउने बाटो गए तर उनले लगाएका पिलरहरु "जङ्गे पिलरका" नामले हालसम्म पनि जङ्ग बहादुर राणाले कायम गराएको नेपालको सीमानामा प्रायजसो उभिएर तैनाथी जनाएकै छन्। उनी धन्य छन्।

    उनीका बिषयमा ढाँट- ढुँट, छ्क्का- पन्जा गरेर, निहित स्वार्थकालागि होइन उनले गरेका कामहरुको रिठ्ठो नबिराइ विश्लेषण हुनु पर्ने हो तर भएको पाइएको छैन र पनि आशा गरौं हाम्रा आशाहरु अवश्य पनि समयमा पुरा हुने छन।

    तर उनले बाँके, बर्दिया, कैलाली र कन्चनपुर (नयाँमुलुक) अंग्रेज सरकारबाट फिर्ता लिदा गरेको सन्धिपत्रको धारा २ मा के लेखिएको छ? सो धारामा उल्लेख भएको व्यहोरालार्इ माथि उल्लेख भएका उद्घोषक तथा प्रकाशकले हामी नेपालीलार्इ सोझै ढाँटेको देखिएकोले "जङ्गे- बुद्धे" नामक पुस्तक र पुस्तकका लेखकको आब्रुक लिने काम भए जस्तो लाग्यो?

    प्रकाशकले किन ढाँटे वा कसैले ढाट्न बाध्य पारे? "हत्केलाले सूर्य कदापि छेकिने छैन" भन्ने अकाट्य सत्य आफ्नै ढाउँमा रहने नै हो। यो बिषयमा जान्ने बुझ्ने र गहन अध्ययन गर्नेहरुले सत्य उजागर गर्न कन्जुस्याइ गर्ने छैनन् भन्ने अपेक्षा राख्दै प्रकाशकले यो "जङ्गे- बुद्धे" नामक पुस्तकमा कहाँ ढाटे छन् भन्ने कुरा प्रष्ट पार्नका लागि उक्त सन्धिको धारा २ पढेर हेरौं जस्मा यस्तो लेखिएको छ-

    The British Government hereby bestows on the Maharajah: of Nipal in full sovereignty , the whole lowlands between the river Kali and Raptee, and the whole lowlands laying between the river Raptee and the District of Gorukpore, which were in the possession of the Nipal state in the year 1815, and were ceded to the British Government by Article III of the Treaty concluded at Segowlee on 2nd of December in that year .

    बुद्धि नारायण श्रेष्ठ समेतको नेपाल, भारत र चीन सन्धि नामक पुस्तकमा यस्तो छ:

    ब्रिटिश सरकार र्इस १८१५ पूर्व नेपालको अधीनमा रहेका र सोही बर्षको डिसेम्बर २ तारिखका दिन सुगौलीमा सम्पन्न सन्धिको धारा ३ अन्तर्गत ब्रिटिश सरकारको भूभागमा गाभिएका महाकाली र राप्ती नदी बीचको तरार्इको सम्पूर्ण भूभाग तथा राप्ती र गोरखपुरको बीचमा पर्ने तरार्इको भूभागमा नेपालका श्री ५ माहाराजाधिराजको पूर्ण प्रभुसत्ता रहने गरी ती भूभागहरु मैसूफमा टक्र्याउँछ।

    हुनत लेखकले यो पुस्तक धेरै बिक्री हुन्छ प्रकाशकलार्इ घाटा पर्दैन भनेर लोकार्पण समारोहमा ३५० जना जतिको उपस्थितिमा सान्त्वना दिएकाले पुस्तक धेरै बिक्री होलान् धेरै पाठकहरुले पढ्लान् यो व्यापारको राम्रो पक्ष हो।

    २ डिसेम्बर १८१५ का दिन सुगौलीमा PARIS BRADSHAW, Lt.-Col., P. A ले सही गरेको सन्धि पत्रमा गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले मकवानपुर भ्याल्लीमा पुगेर सही छाप गरेको हो भनी प्रमाणित गर्ने DD. Ochterlony (Agent, Governor-General) ले ४ मार्च १८१६ मा सही हुनाले ४ मार्च १८१६ को सुगौली सन्धि हो भनेर लेखेको हो भने यी दुर्इ जना मान्छेलार्इ उक्त प्रस्तावित सुगौली सन्धिका कागज राजाले अस्वीकार गरेर फिर्ता गर्न पठाएको थियो होला कि सन्धिमा सही गर्न पठाएको थियो?

    सन्धिका सर्तहरु राजाले स्वीकार गरेको भए त्यो प्रस्तावित सन्धिमा लालमोहर लाग्ने थिएन र? यदि राजाले यी दुर्इ जनालार्इ सन्धिमा सही गर्न मकवानपुर पठाएको भए लालमोहोर लागेको कागज खोइ त? यस्तो तथ्यपूर्ण प्रमाणित कागज हालसम्म कतै पनि पाइएको छैन। त्यसैले उनीहरु सन्धिको कागजमा सही गर्न होइन प्रस्तावित सन्धिको कागज अंग्रेसलाई फिर्ता गर्न मकवानपुर पठाइएका दरवारका अधिकृतहरु हुन् भन्नु उपयुक्त हुन आएको छ।

    यी दुर्इ जना अधिकृतलार्इ अंग्रेज सरकारले आफूखुसी नेपाल सरकारका प्रतिनिधि कायम गराएर कल छल बल वा लालच देखाएर उनीहरुको लालनपालन मानसम्मान सान सौगात सबै पुरा गराउने भन्दै उनीहरुलार्इ सही छाप गराउन लगाएको देखिन्छ भने उनीहरु फर्केर नेपाल नआर्इ देश नै छोडेर अंग्रेजको पुच्छर समातेर वैतरणी तर्न पलायन भएका देशद्रोहीहरुले मकवानपुर भ्याल्लीमा पुगेर ४ मार्च १८१६ का दिन सही गरेको र DD. Ochterlony (Agent, Governor-General) ले प्रमाणित गरेको देखिने कागजलार्इ नै सुगौली सन्धि हो भनेर मान्यता दिने गल्ती गर्ने हो भने उक्त सन्धिलार्इ सुगौली सन्धि नभनेर "मकवानपुर भ्याल्ली सन्धि" भन्नु पर्ने होइन र?

    यो कुरालार्इ पुष्टि गर्नका लागि ८ डिसेम्बर १८१६ मा अंग्रेज सरकारका तर्फबाट EDWARD GARDNER Resident ले चित्त दुखेका राजाको मनमा मलहम पट्टी लगाउन उक्त २ डिसेम्बर १८१५ को सुगौली सन्धिको धारा ३ मा उल्लेखित भूभाग मध्ये कोशीदेखि राप्ती नदीसम्मको तरार्इ फिर्ता गर्ने र धारा ४ मा उल्लेखित दुर्इ लाख रुपैया नदिने भन्ने व्यहोराको स्मृति पत्रलार्इ ११ डिसेम्बर १८१६ को राजाको लालमोहोरले प्रमाणित गरेको छ।

    तर १ डिसेम्बर १८६० को सन्धिका धारा २ को गहिरिएर अध्ययन गर्नेहरुले

    २ डिसेम्बर १८१५ सुगौली सन्धिलार्इ

    ११ डिसेम्बर १८१६ मा श्री ५ राजेन्द्रले,

    १ डिसेम्बर १८६० मा प्रधानमन्त्री श्री ३ जङ्गबहादुरले,

    २१ डिसेम्बर १९२३ मा श्री ३ चन्द्रसमशेरले

    तथा २२ जुलार्इ १९४९ मा नेपाल सरकारले राष्ट्रसंघको सदस्यता पाउनका लागि पेस गरेको निवेदन र ३० अक्टुबर १९५० को नेपाल र ब्रिटिश सरकारबीच भएको मैंत्री तथा शान्ति सन्धिको धारा ८ ले समेत सुगौली सन्धि भनेको २ डिसेम्बर १८१५ को हो भनी प्रमाणित गरी स्वीकार गरेको प्रमाण हुँदा हुँदै ४ मार्च १८१६ को सुगौली सन्धि भनेर लेख्नुका पछाडिको रहस्यात्मक राज चै के हो?

    यस्ता ऐतिहासिक सन्धिहरुको गहन अध्यन नगर्ने तर अक्षम्य राष्ट्रघात गर्दै देश नै छोडेर अंग्रेजको पुच्छर समातेर पलायन भएकाहरुले सही गरेको कागजलार्इ ४ मार्च १८१६ को सुगौली सन्धि हो भनेर लेख्ने प्रकाशक श्री वासुदेव ढकाल तथा यो लेखाइलार्इ आँखा चिम्लेर सहमति दिने सीमाविद् लेखक बुद्धिनारायण श्रेष्ठहरुलार्इ आम नेपाली नागरिकले पुस्तकको प्रकाशकीय पढे पछि ओठ लेप्र्य्राउँदै खिसी गर्दै नेपालका शासक नेताहरुले दुनियाँलार्इ ढाँटे जस्तै गर्ने यिनीहरुपनि ढाँटका पोस्तक व्यापारी पो रहेछन् भन्न थाले भने उहाँहरु जस्ता सम्मानित राष्ट्रप्रेमी व्यक्तित्वहरुको मानमर्दन हुन जाने हुँदा यस्को जिम्मेवारी चै कस्ले लिने?

डीआर कोइराला

कोइराला नेपाल-भारतमामिलाका जानकार लेखक हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]