|

काठमाडौं : जिल्ला अदालत काठमाडौंले नेपाल आइडलको भोटिङ तथा भोट गणनामा अल्पकालीन रोक लगाएको छ। न्यायाधीश दिवाकर भट्टको एकल इजलासले नेपाल आइडलका सम्बन्धमा परेको रिटमाथि बुधबार सुनुवाई गर्दै यही भदौ २३ गते शुक्रबारसम्मका लागि भोट नगन्न अन्तरिम आदेश दिएको हो।

नेपाल आइडलको भोट गणना एकपक्षीय रुपमा भएको र आफ्नो रुची अनुकूलको व्यक्ति बाहिरिने देखेपछि भोटिङको अवधि लम्याएर कसैलाई पनि आउट नगरिएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका थिए।

सोही रिटमाथि सुनुवाई गर्दै अदालतले गत बिहीबार बेलुका पौने ९ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म प्राप्त भोटको विवरणसहितको सक्कल फाइल लिएर उपस्थित हुन विपक्षीलाई आदेश दिएको छ।

एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी शो नेपाल आइडलमा हाल शीर्ष चार प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, सागर आले र प्रताप दास छन्। नेपाल आइडलले गत शुक्रबार नै शीर्ष ४ प्रतिपर्धी छनोट गर्नुपर्ने थियो। तर कसैलाई आउट नगरी एलिमिनेशन यस साताका लागि सारिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.