|

काठमाडौं : असोज ११ गते प्रदर्शनमा आउने घोषणा गरिएको नेपाली चलचित्र छक्कापञ्जा २ को ट्रेलर बुधबार साँझ सार्वजनिक भएको छ। ट्रेलरमा हेरेर यो फिल्म वैदेशिक रोजगारी र यसका सामाजिक असरमा आधारित रहेको अनुमान गर्न सकिन्छ।  

ट्रेलरमा चरित्र अभिनेत्री लक्ष्मी गिरिको फाइट विशेष छ। उनले कलाकार केदार घिमिरेलाई फाइट हानेर हावामा उडाएको देखाइएको छ। ट्रेलरमा कलाकार दीपकराज गिरी प्रहरीको डीएसपीको भूमिकामा रहेको देखाइएको छ।

फिल्ममा कलाकारहरु दीपकराज गिरी, शिवहरी पौडेल, किरण केसी, जीतु नेपाल, केदार घिमिरे, राजाराम पौडेल, गौरव पहारी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का लगायतले अभिनय गरेका छन्। आमा सरस्वती मुभिजले निर्माण गरेको फिल्मको निर्देशक दीपाश्री निरौला नै रहेकी छन्। फिल्ममा विकासराज आचार्य र सामिप्यराज तिमल्सेनाको कथा रहेको छ।

छक्कापञ्जाले यसअघि दुईवटा गीत सार्वजनिक गरेको थियो। एक महिनाअघि 'ए दाजु नसमाउ नारीमा' सार्वजनिक गरेको थियो भने एक हप्ताअघि गीत 'म त यता किनारमा'  सार्वजनिक गरेको थियो। गत वर्ष प्रदर्शन भएको छक्कापञ्जा अत्यधिक सफल भएपछि सोही टिमले छक्कापञ्जा २ निर्माण गरेको हो।

हेर्नुस् ट्रेलर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.