|

कावासोती : पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल नगपालिका ७ ज्यामिरेमा सवारी दुर्घटनामा परी  बुधवार दुईजनाका मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले र विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सिता नेपालीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाइते भएका नेपालीको उपचारको क्रममा भलुही मेडिकल कजेल रुपन्देहीमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। यस्तै सोही दुर्घटनामा  घाइते भएकी  स्कुटरमा सवार सिता नेपालीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.