|

नवलपरासी : नवलपरासीको देवचुली नगरपालिका- १३ दलदलेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ३७२२ ट्रकले विपरीत दिशाबाट गइरहेको गरेको लु११प ९२३० मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली- १५ का अन्दाजी २५ वर्षीय महेन्द्र विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.