|

पाल्पा : तिनाउँ गाउँपालिका- ३ ज्यामिरेका ५४ वर्षीय भद्रबहादुर दर्लामीको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार परेको चट्याङ बिजुलीको तारमा प्रवाह भएर बिजुलीको मिटर बक्समा क्षति पुगी दर्लामीलाई करेन्ट लागेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक शान्तबहादुर बस्नेतले जानकारी दिए।

घाँस काटेर पानीमा भिज्दै घर फर्किएका दर्लामीलाई कपडा फेर्ने क्रममा करेन्ट लागेको थियो। उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको प्रनानि बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.