|

कावासोती : देवचुली नगरपालिकाको विश्वज्योति बोर्डिङ स्कुल पढाउन गएका कावासोतीका रामप्रसाद चापागाई घर नफर्किएको भन्दै परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका छन्।

भदौ १६ गते शुक्रबार बिद्यालयमा पढाएर हिडेका रामप्रसाद घर नआएपछि बुधबार पत्नी संगीता र बाबु दुर्गादत्त चापगाईले निवेदन दर्ता गराएका ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

रामप्रसाद कि पत्नी संगीताले भनिन्, 'स्कुलले ४ बजे निस्किएको भनेको छ तर ५ दिनसम्म पनि उहाँ आउनुभएन, फोन गर्दासमेत सम्पर्क हुन सकेन।'

शिक्षक चापागाई के कारणले हराएका हुन् विद्यालय र परिवारलाई थाहा छैन। कावासोतीबाट ४ किलोमिटर दूरीमा रहेको उक्त विद्यालयमा शिक्षक चापागाई विश्वज्योति बोर्डिङमा गत वैशाखदेखि पढाउन थालेका थिए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.