|

काठमाडौं : काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको १०० दिनमा अपेक्षित काम नभएको भन्दै महानगर प्रमुखको तिब्र आलोचना भइरहेका बेला उनले आफ्नो १०० दिनको काम सार्वजनिक गरेका छन्। 

कार्यप्रगति सार्वजनिक गर्दै महानगर प्रमुख शाक्यले नीतिगत प्रबन्धको अभावमा काम गर्न नसकिएको बताएका छन्। 'स्थानीय तहको अहिलेको संरचना, कानुन र नीतिगत प्रबन्धको अभावमा स्थानीय तह सञ्चालनमा गम्भीर समस्या देखियो' उनले भने, 'उल्लेखित प्रबन्ध गर्ने अधिकार क्षेत्र स्थानीय तहको नभइ व्यवस्थापिका र संघीय सरकारको भएको हुँदा स्थानीय तहको दैनिकी सञ्चालन मात्र गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा नेपालको संविधानको अनुसूची ८ मा तोकिएको स्थानीय तहको कुनै पनि एकल अधिकार प्रयोग गर्ने कानुनी अधिकार रहेन।' यद्यपी उनले आफूले १०० दिनमा गरेका कामको सूची बिहीबार सार्वजनिक गरे। 

१०० दिनमा गरेका कामको सूची :

  •  नेपालको संविधानको धारा २३० बमोजिम नगर सभाबाट आर्थिक ऐन, २०७४ र विनियोजन ऐन, २०७४ जारी गरी राजस्वको अनुमान, खर्चको अनुमान, महानगरपालिकाको लागि एक वर्षे, पाँच वर्षे र विस वर्षे विकासका नीति, योजना तथा कार्यक्रम पारित गरेका छौं।
  • काठमाडौं महानगरपालिकाको शहर सफा गर्ने अभियान अनुरुप 'क्लिन द सिटी' कार्यक्रम अन्तर्गत वडा-वडाबाट जनपरिचालन गरी दैनिक रुपमा गरिने फोहर संकलन भन्दा बाहेक १०९५ मेट्रिक टन फोहर संकलन गरी अन्तिम व्यवस्थापन गरिएको छ।
  • 'ग्रिन द सिटी' कार्यक्रम अन्तर्गत सय दिनको अवधिमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र १८०३ वटा बृक्षारोपण गरिएको छ।
  • उज्यालो अभियान अन्तर्गत ३२ वटै वडा क्षेत्रमा अभियानकै रुपमा १७७६ थान सोलार बत्ती जडान गरी करिब ६९३ किलोवाट विद्युत किफायत भएको छ।

  • जेष्ठ नागरिकको जीवनयापन सहज बनाउने उद्देश्यले ८८ वर्ष उमेर पुगेका ४ सय ८९ जेष्ठ नागरिकहरुको लागि रु. १२ हजार महानगर विशेष भत्ता र आवासमै गई दक्ष चिकित्सकबाट निशुःल्क स्वास्थ्य परीक्षण गरिएको छ। अब ७५ वर्ष उमेर पुगेका महिला र ८० बर्ष उमेर पुगेका पुरुषहरुलाई समेत यसै बमोजिमको सेवा उपलब्ध गराउने तयारी सुरु गरेका छौँ।
  • जेष्ठ नागरिकहरुको लागि वडा-वडामा मनोरञ्जनात्मक स्थल, विश्रामस्थल, जेष्ठ नागरिक भवन, क्लब स्थापना गरी संचालन गर्न सुरु गरिएको छ।
  • पूर्ण अपांगता भएका व्यक्तिहरुलाई वार्षिक रु. ३००० उपलब्ध गराउनुका साथै अन्य वर्गका अपांगता भएका ब्यक्तिहरुको क्षमता विकास तथा सहजीकरण कार्यक्रमहरु संचालन गरियो। भौतिक संरचनाहरु अपांगतामैत्री बनाउने कार्यको प्रारम्भ ३, ७ र १५ वडाको र्‍याम्प निर्माणबाट प्रारम्भ भएको छ।
  • काठमाडौंलाई 'स्मार्ट सिटी' बनाउने हाम्रो सपना हो। Smart service delivery, Smart parking, Smart Environment, User Friendly Transportation System बाट काठमाडौ महानगरपालिका परिचित हुनेछ। हाल धर्मपथ र टेकुमा रहेको आफ्नो जमिनमा Digital car parking and vertical car parking निमार्ण गर्न प्रकृया अघि बढिसकेको छ।
  • सम्पदा क्षेत्र, उद्यान र अन्य सार्वजनिक स्थलहरु क्रमशः Free wifi zone बन्दैछन्। हामीले बालाजु, रत्नपार्क, बसन्तपुरलगायतका स्थानलाई Free wifi zone बनाएका छौँ।  
  • फोहरबाट विजुली, ग्यास, जैविक मल, कौशी खेतीलाई प्रवद्र्धन प्रारम्भ भएको छ। दैनिक ३ मेट्रिक टन फोहरवाट १४ किलोवाट विजुली उत्पादन सुरु भएको छ।

  • मोनोरेल, मेट्रोरेल, City Cable Car संचालनमा आउनुपूर्व सार्वजनिक यातायातको प्रवर्द्धन गर्नुको विकल्प नभएकाले हामीले साझा यातायातको संख्या बृद्धि गरी महानगर भित्र सार्वजनिक यातायात सहज बनाउने कामको थालनी गरेका छौँ। त्यही अनुरुप थप रु. ५ करोड लगानीबाट थप २० वटा ठूला सहरी बस थपिदैँ छ।
  • काठमाडौँ सम्पदा र संस्कृतिको शहर हो। यही कुरालाई ख्याल गरी काष्ठमण्डप, रानीपोखरी र अन्य महत्वपूर्ण सम्पदाहरुको पुननिर्माण काठमाडौँ महानगरकै नेतृत्वमा अघि बढेको छ।
  • महानगरपालिकाका सम्पुर्ण कार्यहरुलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन वडा कार्यालयहरुमा हेल्प डेक्स स्थापना गर्ने र CCTV जडान गर्ने कार्यको थालनी भएको छ।
  • भवन निमार्ण प्रणालीमा सुधार गर्न EBPS with digital signature लागु गर्ने अन्तिम चरणमा छौं।
  • तराईका विभिन्न जिल्लाहरुमा बाढी, पहिरो, डुवानबाट प्रभावित ब्यक्क्तिहरुलाई उद्दार र राहतको निम्ति प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा रु. ३९ लाख सहयोग, सामाखुसीको नालामा परी घाइते भएकी सत्या सापकोटालाई रु. १ लाखको बिमा र तारकेश्वरमा बाढीमा परी दिवंगत विनिता फूँयालको परिवारजनलाई रु. २५ हजार  सहयोग गरिएको छ।

  • सामाजिक आर्थिक हिसाबले पिछडिएको वर्ग, महिला, युवा, बेरोजगार, अपांगता भएका ब्यक्तिहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि २९८ जनालाई विभिन्न प्रकारका सीपमूलक तालिमहरु दिइएको र सुकुम्वासी बस्तीमा ९० दिनको साक्षरता कक्षा सञ्चालन गरिएको छ।
  • बागदरवार भवन पूर्ण क्षतिग्रस्त भएकाले पुननिर्माण गर्ने निर्णय गरी सूचना प्रकाशित भैसकेको छ।
  • हालै फोहरमैला व्यवस्थापनमा देखिएको समस्या समधान गर्न उपप्रमुखको संयोजकत्वमा वार्ता तथा समस्या समाधान कार्यदल गठन भई कार्य सुरु भइसकेको छ।
  • भूकम्प प्रभावित लाभग्राही संख्या ७१७१ मध्ये ५५०० सँग सम्झौता भएको र ५३३१ ले पहिलो किस्ता प्राप्त गरेका छन्। १७६ जनाले दोस्रो किस्ता प्राप्त गरिसकेका छन्। यो कार्य निरन्तर जारी छ।
  • भवन निर्माण सम्वन्धी विद्यमान मापदण्ड परिमार्जन गरी गैह्रकानूनी निर्माणलाई नियन्त्रण गर्ने काम सुरु भैसकेको छ।
  • वडा भवन तथा अन्य सामुदायिक भवनहरुको पुननिर्माण, मर्मत तथा जिर्णोद्धार गर्ने कार्यक्रम अन्तरगत १४ वटा भवन निर्माण, मर्मत तथा जिर्णोद्धार सम्पन्न भएको छ।
  • ऐतिहासिक महत्वका मन्दिर, ढुंगेधारा, अन्यधारा, पोखरीको मर्मत सुधार गरी सौन्दर्य कायम गर्ने तथा चालु अवस्थामा राख्ने कार्यक्रम अन्तरगत ३३ वटा मन्दिर, ढुंगेधारा, पोखरीको मर्मत सम्भार सम्पन भएको छ।
  • सार्वजनिक, पर्ति, नदी उकास जग्गा समेत माथिको अतिक्रमण हटाई सार्वजनिक रुपमा उपयोग गर्न वडा वडा तहबाट विवरण संकलन सुरु भएको छ। केही सार्वजनिक जग्गा संरक्षण भइसकेका छन्।
  • नेपाल सरकारका सम्बद्ध निकाय, विदेशी नियोग, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुसँग काठमाडौं उपत्यकामा निर्माण गर्ने ठुला पूर्वाधारका योजना तथा एकीकृत विकासका परियोजनाहरुका बारेमा गहन छलफल अगाडि बढेको छ।

  • काठमाडौं महानगरपालिकाको लागि योजना नीति तथा रणनीति तर्जुमा गर्न तथा आवश्यक विषयमा अध्ययन अनुसन्धान गरी स्मार्ट सीटी निर्माणका लागि शहरी योजना आयोग गठन गर्ने नियमावली पारित गरी अघि बढेका छौं।
  • वडा-वडामा बालबालिकाको हकहित संरक्षणका लागि बाल क्लब, शिशु स्याहार केन्द्र स्थापना गर्ने कार्य सुरु गरिएको छ।
  • काठमाडौँको विभिन्न सार्वजनिक जग्गा, चोक तथा अव्यवस्थित उद्यानहरुलाई व्यवस्थित उद्यान बनाउने अभियान प्रारम्भ गर्‍यो। यस अन्तरगत ६ वटा नयाँ उद्यान बनेका छन भने अधिकांस उद्यानहरुमा मर्मत सुधार भई हरियाली प्रवर्द्धन गरिएको छ।
  • परिवर्तित अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन काठमाडौं महानगरपालिकाको संगठन संरचना, कर्मचारी दरवन्दी संरचना र कार्यविवरण तयार गर्ने कार्यको थालनी भएको छ।
  • जमिनमुनिको पानीको तहलाई बढाउने र वर्षातको पानीको उपयोगलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ बर्षातको पानी संकलन र रिचार्ज प्रणालीको वडा तहबाट थालनी भएको छ।

  • काठमाडौ महानगरपालिका क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माण, १५०७ स्थानमा मंगाल मर्मत सफाई तथा स्तरउन्नती गरी बर्षातको ढल ब्यवस्थापनमा सुधार गरियो।
  • काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आफु मातहत रहेको आठ मिटर भन्दा साना सडकहरु करिब शत प्रतिशतमा आवश्यकता अनुसार कालोपत्रे गर्ने, मर्मत गर्ने, ग्राबेल गर्ने, ढलान गर्ने, ईटा तथा ईन्टरलक ब्लक बिछ्याउने, खाल्टा खुल्टी पुर्ने काम सम्पन्न गर्‍यौं। जुन लामो समयदेखि हुन सकेको थिएन। वडावडा तहबाट यसको नेतृत्व गर्ने गरी नगर कार्यपालिकाको निर्णयबाट अधिकार र स्रोत साधन बिनियोजन गरी कार्यसम्पादन गर्‍यौं।
  • काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडक पेटीमा यात्रु आवागमनलाई सहज र व्यवस्थित गर्न फुटपाथ अतिक्रमण हटाउने कार्य कलंकी, बानेश्वर, मैतिदेवी, गौशाला लगायतका क्षेत्रबाट शुरु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.