मनोरञ्जन

संगीतकार प्रमोद पन्तको ‘मायालुको गाउँ’ सार्वजनिक
SHARES

भदौ २२, २०७४

    काठमाडौँः जिनियस म्युजिकद्वारा प्रमोद पन्तको संगीत तथा मनोज बराकोटी (सानु) को शब्द रचना रहेको ‘मायालुको गाउँ’ बोलको गीतको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।

    सन्दीप परियारको गायन र रिदम कँडेलको एरेन्जमेन्ट रहेको सो गीतको भिडियोलाई संजीव पौडेलले निर्देशन गरेका हुन्। सीएम भारद्वाज सुवेदी र अस्मिता विश्वकर्माको निकै राम्रो अभिनय देखिने सो भिडियोले अत्यन्तै लोकप्रियता हासिल गरिरहेको छ। 

    नेपाली लोकबाजाहरूलाई पप शैलीमा सुन्दर ढंगले फ्युजन गरिएको सो गीतमा नेपाली कलासंस्कृति झल्कने दृश्य देखाइएको छ। निर्देशक संजीव पौडेलले परदेशबाट फर्केका एक युवक र गाउँकी नेपाली युवतीबीचको प्रेम कथालाई अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरेका छन्। संगीतकार प्रमोद पन्तकोे संगीत मौलिक एवं कर्णप्रिय सुनिन्छ भने गीतकार बराकोटीको शब्दलाई गायक परियारले मीठासपूर्ण ढंगले गाएका छन्।

    भिडियोमा अमिन कार्की, ऋचा राउत, धीरज पुन र सृजा बरालसमेतलाई देख्न सकिन्छ। कन्सेप्ट क्रियसन इन्टरटेन्मेन्टद्वारा भिडियो निर्माण गरिएको सो गीतको अडियो ‘अभिसम’ एल्बममा समावेश गरिने जानकारी संगीतकार पन्तले दिए।

    एल्बमका सबै गीतमा प्रमोद पन्तको संगीत र मनोज बराकोटी (सानु) को शब्द रचना रहनेछ भने लोकप्रिय गायक गायिका शिव परियार, रोशनी अधिकारीलगायतको गायन रहनेछ।

    हेर्नुहोस् भिडियो

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]