|

काठमाडौं : जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधी अभाव देखिएको छ। सरकारले औषधि खरीदका लागि वर्सेनि लाखौं रुपैयाँ छुट्याउँदा पनि जिल्ला अस्पतालमा पर्याप्त मात्रामा औषधि पुग्ने गरेको छैन।

अधिकांश जिल्लाका स्वास्थ्य संस्थामा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधी हाहाकार छ। सरकारले प्रत्येक स्वास्थ्य संस्थामा ७० प्रकारका औषधी निःशुल्क विवतरण गर्न निर्देशन दिए पनि पर्याप्त नभएको जिल्ला अस्पतालहरूले बताउँदै आएका छन्।

तेह्रथुम, नुवाकोटलगायत जिल्लामा सामान्य औषधी नपाइँदा बिरामी मारमा परका छन्। जिल्ला तहका अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त औषधी नहुँदा जिम्मेवार निकायले चासो देखाएको छैन।

सरकारले बिरामीलाई निःशुल्क वितरण गर्ने भनेको पेटको दुखाइ कम गर्ने बुस्कोपान, ग्यास्ट्रिकको औषधी, डाइजिन, बान्ता रोक्ने प्रोमिथाजिन, आँखाको समस्या भएका बिरामीले लगाउने मलमजस्ता सामान्य औषधी स्वास्थ्य संस्थामा लामो समयदेखि पाइन छोडेको छ।

स्वास्थ्य संस्थाको भित्तामा स्वास्थ्य सेवा विभागले निःशुल्क रूपमा बिरामीलाई वितरण गर्ने औषधीका प्रकार र तिनको सूची टाँसिए पनि बिरामीले भने नपाएको गुनासो गरेका छन्। औषधी किन भण्डारण नगरेको भन्ने जिज्ञासामा नुवाकोटस्थित त्रिशुली अस्पतालका स्टोर प्रमुख कृष्ण उपाध्यायले भने, ‘हामीकहाँ औषधीको समस्या छैन। निःशुल्क रूपमा पाइने ५छ देखि ६० प्रकारका औषधी राखेका छौं। १० प्रकारका औषधी नभएको साँचो हो।

स्वास्थ्य सेवा विभागले भने अस्पतालमा औषधीको हाहाकार हुन नदिन सबै प्रकारका उपाय अवलम्बन गरेको जनाएको छ। जिल्ला अस्पतालको प्रकृति हेरी वर्सेनि १० देखि ४० लाख रुपैयाँ औषधी वितरणका लागि छुट्याइने गरेको विभागका उपस्वास्थ्य प्रशासक डा. भेषराज पोख्रेलले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.