|

जुम्ला : स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा जुम्लामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका- ३ का ३५ वर्षीय पारस बुढा छन्।

उनले यही भदौ १९ गते राति स्थानीय एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रही कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक डा. तनपकुमार दाहालले जानकारी दिए। ‘हामीले पीडितले दिएको उजुरी दर्ता गरेका छौं, त्यहीका आधारमा अभियुक्त बुढालाई पक्राउ गरेका हौं,’ डिएसपी दाहालले भने। 

पति–पत्नी दुवैलाई मोटरसाइकलमा लगेका बुढाले उकालोमा पुगेपछि ३ जनालाई लैजान सकिँदैन भन्दै पतिलाई ओरालेर पत्नीलाई केही पर लगी बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरीले कण्डमसमेत भेटेको थियो। त्यहाँ भेटिएको स्पर्म र रगत परीक्षणका लागि केन्द्रय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.