अर्थ

दशैंका लागि मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा ल्याइँदै
SHARES

भदौ २३, २०७४

    पर्वत :  हिमालपारिको जिल्ला मुस्ताङबाट दशैंका लागि व्यापारीहरूले यो वर्ष २० हजार भन्दा बढी भेडाच्याङ्ग्रा ल्याउने भएका छन्। भदौ १५ देखि उपल्लो मुस्ताङका सीमा क्षेत्रका स्थानीय र तिब्बतका व्यापारी बीच कोरला नाका क्षेत्रमा जारी अन्तरदेशीय व्यापार मेलामा नेपाली व्यापारीहरुले १५ हजारको हाराहारीमा भेडा र ५ हजारको हाराहारीमा च्याङ्ग्रा ल्याउन लागेका हुन्।

     ‘मेला केही दिनमा सकिँदैछ। अहिलेसम्म बुझ्दा भेडाको खरिदबिक्री उत्साहजनक छ’,  जिल्ला पशु सेवा कार्यालय मुस्ताङका योजना अधिकृत आइतबहादुर थकालीले भने, ‘गत वर्ष सीमा क्षेत्रका किसानले पहिला नै ल्याएर राख्थे, अहिले मेलामै किनबेच भइरहेको छ, यो वर्ष २० हजार भेडाच्याङग्रा बजारमा जाने अनुमान छ।’

    कार्यालयको तथ्यांक अनुसार गत वर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङग्रा मुस्ताङबाट बाहिरिएका थिए। किसानले २७ करोड रुपैयाँको कारोबार गरेका थिए। चाडपर्वको समयमा नेपाली बजारमा हुने मासुको मागलाई तिब्बत र सीमा क्षेत्रका किसानले पालेका भेडाच्याङ्ग्राले धेरै हदसम्म माग पूर्ति गर्दै आएको छ।

    गत वर्षहरुमा जेठ असार महिनामै सीमा क्षेत्रका किसानले तिब्बतका किसानबाट ल्याएर पालेका भेडा नै बजारमा आएको थियो। यो वर्ष भेडा तिब्बतको र च्याङग्रा नेपाली उत्पादन हुने पशु सेवा कार्यालयले जनाएको छ।

    भेडाच्याङ्ग्रा खरिदका लागि धौलागिरिका सहित पोखरा र काठमाडौंबाट व्यापारीहरु सीमा क्षेत्र पुगेपनि उनीहरुले स्थानीय किसान तथा व्यापारीबाट खरिद गरी बजार ल्याउने हुन्। उनीहरुले सिधै तिब्बती व्यापारीबाट भेडा किन्दैनन्।

    गत वर्ष बजारमा आएको सबै च्याङ्ग्रा नेपाली किसानले पालेकै च्याङग्राहरु हुन्। मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुप, सुर्खाङ, चराङ, कागबेनी, झोङ र घमी लगायत क्षेत्रबाट च्याङग्रा बजारमा आउने छन्। 

     
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]