|

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प ८ रेक्टर स्केल मापन भएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ। भूकम्पले मेक्सिकोको राजधानीलाई पनि हल्लाएको बताइएको छ। भूकम्पका कारण मान्छेहरु सडकमा आएको रोयटर्सले लेखेको छ।

यसको केन्द्रविन्दु पिजिजियापान सहरबाट १ सय २३ दक्षिणपश्चिममा रहेको बताइएको छ। भूकम्प जमिनको सतहबाट ३३ किलोमिटरको गहिराइमा गरेको जनाइएको छ। भूकम्पका कारण समुद्री छाल र हावा हुरीका अलवा सुनामी आउनसक्ने चेतावनी  त्यहाँको प्यासिफिक सुनामी वार्निङ सेन्टरले दिएको छ।

अहिलेसम्म कुनै किसिमको क्षतिको विवरण आएको छैन। मेक्सिकोको नागरिक रक्षा एजेन्सीले यो भूकम्प सन् १९८५ यताकै सबैभन्दा शक्तिशाली रहेको बताएको छ। सन् १९८५ मा गएको शक्तिशाली भूकम्पले हजारौंको मृत्यु भएको थियो भने ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.