|

काठमाडौं :  सातामा एक दिन शुक्रबार मात्रै फिल्म रिलिज हुने प्रचलनस्वरुप यो साता नेपालका फिल्म हलहरुमा '२ रुपैयाँ' रिलिज भएको छ।

राजनराज शिवाकोटीका शब्द सहित संगीत र रोशन थापो संगीत रहेको चर्चित गीत 'कुटुमा कुटु'बाटै चर्चामा आएको यो फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन्। फिल्ममा निश्चल बस्नेत, मेनुका प्रधान, स्वस्तीमा खड्का, आशिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान, टीका पहारी, विराशद बस्नेत लगायत कलाकारको अभिनय रहेको छ।

फिल्ममा 'लुट' फिल्म निर्देशन गरेर चर्चामा आएका निश्चल बस्नेत 'जुरेली' भने आशिफ शाह 'दाह्री' बनेका छन्। नेपाल भारत सीमानामा हुने अपराधिक गतिविधिलाई फिल्ममा उतारेको '२ रुपैयाँ' डार्क कमेडी जानराको फिल्म हो। फिल्मको छायांकन झापा लगायतका पूर्वी नेपालका जिल्लाहरुमा गरिएको हो।

फिल्मको कथा आशिफ शाह र आशिष रेग्मिको रहेको छ भने शिवराम श्रेष्ठले छायाँकन गरेका हुन्।

हेर्नुस् '२ रुपैयाँ' को ट्रेलर:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.