|

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा सडक अनुगमनका क्रममा घाइते भएका छन्। वामी, टक्सार, अर्लाङकोट हुँदै काँडेवास हटिया जोड्ने निर्माणाधीन सडकको अनुगमनमा गएका नगर प्रमुख सापकोटा सडक माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका हुन्।

सापकोटाको बायाँ हात र खुट्टामा चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ। नगरपालिकाको वडा नं. ७ स्थित बसेरीनजिकै माथिबाट खसेको ढुंगाले सापकोटलाई लागेको थियो। स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बुटवल लगिएको श्रीमती सीता सापकोटाले जानकारी दिइन्।

ठूलो दुर्घटनाबाट बचिएको सँगै रहेका नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम नौपानेले बताए। अनुगमनका लागि नगरप्रमुख सापकोटा र कार्यकारी अधिकृत न्यौपानेसहित निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियरलगायतको टोली निर्माण स्थलमा पुगेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.