|

रुकुम : रुकुमको बाफिकोट गाउँपालिका वडा नं. ३ र ५ मा रहेको स्यार्पु तालमा पहिलोपटक आधुनिक डुंगा सञ्चालनमा ल्याइएको छ। पर्यटन प्रवर्द्धनको लागि भन्दै स्थानीय दरिभान पुुरीले तालमा आधुनिक डुंगा सञ्चालनमा ल्याएका हुन्। यसअघि, उक्त तालमा काठका परम्परागत  डुंगा रहेका थिए।

८ देखि १२ जनासम्म क्षमता रहेको उक्त आधुनिक डुंगा सञ्चालनमा ल्याइएपछि तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ। कम जोखिम र छिटो छरितो तरिकाले तालमा घुम्न सकिने डुंगा सञ्चालक पुरीले बताए।

उनका अनुसार डुंगामा चढ्दा लाइफ ज्याकेट र हेल्मेटको पनि व्यवस्था गरिएको छ। करिब ५ लाखको लगानीमा उनले भारतको गुवाबाट आधुनिक डुंगा ल्याएका हुन्। राप्ती क्षेत्रमै राम्रो पर्यटन गन्तव्यको रुपमा विकास भएको रुकुमको स्यार्पुतालमा बसेनि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बढिरहेको स्थानीयहरुले बताएका छन्।  

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.