|

सिन्धुपाल्चोक : जिल्ला समन्वय समितिको लेखापाल पवित्रा अधिकारीले तलब नबुझेको दुई महिना भयो। सधैं मासिक रुपमा तलब पाउँदै आएकी उनले दुई महिनादेखि तलब नपाउँदा आर्थिक संकटको अवस्था खेपिरहेकी छन्। प्रशासन अनुदानबाट तलब पाउने भए पनि भदौ महिना सकिनै लाग्दासमेत तलब नपाएको उनको गुनासो छ। प्रशासन अनुदानबाट तलब थाप्ने कर्मचारीको भन्दा जिल्ला समन्वय समितिबाट तलब लिने कर्मचारीहरुलाई आर्थिक संकट परेको छ।

स्थानीय तहको निर्वाचनपछि सिन्धुपाल्चोक १२ स्थानीय तहमा विभाजित भएको छ। ३ नगरपालिका र ९ गाउँपालिकामा विभाजित भएको छ। जिल्ला विकास समिति हटेर समन्वय समिति बनेसँगै आर्थिक अधिकारसमेत कटौती भएको छ।

पवित्रा जस्तै प्रशासनिक अनुदानबाट तलब खाने जिल्ला समन्वय समितिको झन्डै एक दर्जन कर्मचारी दुई महिनादेखि तलब खानबाट वञ्चित छन्। गएको आर्थिक वर्षमा जिससको आन्तरिक स्रोतबाट तलब खाने कर्मचारीहरुलाई असार मसान्तसम्मको तलब भुक्तानी गरिसकेको भए पनि साउन यताबाट उनीहरुको तलब पाउने अत्तोपत्तो नभएको गुनासो पोखेका छन्।

७ करोड पैसा छ, खर्च गर्ने अधिकार छैन 

जिल्ला समन्वय समितिको खातामा गत आर्थिक वर्षको ७ करोड बचत रहे पनि खर्च गर्न पाउने कुनै अधिकार नभएको स्थानीय विकास अधिकारी जगन्नाथ पन्तले बताए। ‘खातामा पैसा छ। तर, हामीलाई खर्च गर्न पाउने कुनै अधिकार छैन’ पन्तले भने, ‘यही आर्थिक वर्षको आन्तरिक स्रोतबाट उठेको रकम पनि स्थानीय मन्त्रालले तत्काल खर्च गर्न नपाउने भनेर पत्र पठाएपछि झनै अन्योल थपिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.