|

रुकुम : पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० को वडा कार्यालय राख्ने विषयमा झडप हुँदा २ जना घाइते भएका छन्। साविकको पेउघा गाविसको बरनेटीमा रहेको वडा कार्यालय भुम्केमा सार्नुपर्छ भन्ने पक्ष र बरनेटीमै रहनुपर्छ भन्ने पक्षबीच बिहीबार झडप भएको हो।

दुई पक्षबीच झडप हुँदा भुम्केमा कार्यालय राख्नुपर्छ भन्ने पक्षका वर्ष ५८ का टेकबहादुर खड्का र उनका छोरा वर्ष ३५ का शेरबहादुर खड्का घाइते भएको प्रहरीले बताएको छ। टेकबहादुर सोही वडाको निर्वाचित वडा सदस्य हुन्। घाइतेहरुको स्थानीयस्तरमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। 

कार्यालय भुम्केमा हुनुपर्छ भन्ने पक्षले बरनेटीमा रहेको वडापालिका कार्यालय तोडफोड गर्नुका साथै कार्यालयका सबै सामान नष्ट गरेको वडा अध्यक्ष शेरबहादुर केसीले बताए। उनले कार्यालयको विषयमा छलफल गरी सहमति गर्नुको साटो कार्यालय तोडफोड र झडप गर्ने तरिकाले अर्को पक्ष आएकोले यस्तो घटना हुन पुगेको बताए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। बिहीबार राती घटेको उक्त घटनामा समयमै प्रहरी नपुगेको भए उक्त ठाउँमा ठूलो घटना हुन सक्ने सम्भावना रहेको स्थानीयले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.