|

कालिकोट : डोल्पाको जुफाल विमानस्थल कालोपत्रे सकिएपछि सञ्चालनमा आएको छ। विमानस्थल कालोपत्रे गर्नका लागि १ असारबाट बन्द गरिएको थियो। कालोपत्रे भएपछि पहिलोपटक तारा एअरले परीक्षण उडान भरेको छ।

शुक्रबार बिहान तारा एअरले सफल रुपमा परीक्षण उडान भरेपछि विमानस्थल नियमित रुपमा चल्ने थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय डोल्पा प्रमुख वीरप्रसाद शाहीले बताए। ‘कालोपत्रे भएपछि परीक्षण उडान सफल भएको छ।’ उनले भने, ‘अब नियमित रुपमा हवाई सेवा सञ्चालन हुने भएको छ।’

विमानस्थल निर्माण भएको ४२ वर्षपछि ०७४ असार १ गतेबाट विमानस्थलको ५ सय ६० मिटर लम्बाइको धावनमार्ग, टर्निङ र पार्किङ लगायतको कालोपत्रे गर्न दुई महिनाको लागि हवाई सेवा बन्द गरिएको थियो। डोल्पाको यातायातको एकमात्र साधन हवाई सेवा बन्द हुँदा डोल्पावासीलाई मर्का परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.