|

काठमाडौं : एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरमा बिदा मनाउन विदेश जाने ग्राहकलाई लक्षित गर्दै ५० लाख डलर आयात गरेको छ। यसअघि तीन पटक गरेर ६० लाख नगद डलर आयात गरेको बैंकले विदेश जाने नेपालीका लागि डलरको माग पूरा गर्न नगद डलर आयात गरेको जानकारी दिएको छ।

बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ। यसअघि नगद अमेरिकी डलरको न्यून आपूर्तिका कारण ग्राहकलाई समस्या परेका कारण नेपाल राष्ट्र बंकले ‘क’ वर्गका बैंकहरुलाई नगद डलर आयात गरी वितरण गर्न परिपत्र गरेको थियो।

डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकट पनि लिएर आउनुपर्ने बैंकका जनाएको छ। कागजपत्र पूरा गरी आउनेलाई  २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकको भनाइ छ।

बैंकले काठमाडौंभित्रका सबै ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, कीर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) डलर उपलब्ध गराउने जनाएको छ।

बंैकले विदेश जाने ग्राहकहरुलाई भिसा इन्टरनेसनल डेविट कार्ड मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.