७ नेपालीको मृत्यु भएको आशंका

|

भैरहवा : भारतको सुनौली–गोरखपुर सडकखण्डको देवपुरचोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये चार जनाको परिचय खुलेको छ। 

त्यसमध्ये ३ जना नेपाली र १ जना भारतीय रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रविन विष्टले जानकारी दिए। दुर्घटनामा मृत्यु भएका थप चार जनाको परिचय खुल्न बाँकी रहेको र उनीहरु पनि नेपाली नै रहेको आशंका गरिएको विष्टले बताए।

‘थप १ महिला, पूरुष र २ बालिकाको परिचय खुल्न बाँकी छ। उनीहरु एकै परिवारको हुनसक्ने हाम्रो आशंका छ। उनीहरुको साथबाट केही पनि कागजपत्र फेला परेको छैन,’ थाहाखबरसँगको टेलिफोन कुराकानीमा विष्टले भने।

दुर्घटनामा नेपाली परेको खबर आउनसाथ त्यसतर्फ प्रहरी पठाइएको ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरीक्षक रविन बिष्टले जानकारी दिए। रखपुरबाट सुनौलीतर्फ आइरहेको युपी ५३ सिटी ७२०२ नम्बरको टाटा इंन्डिगो कार र सुनौलीबाट गोरखपुरतर्फ जाँदै गरेको युपी ५२ टि ४३७७ नम्बरको ट्यांकर एकापसमा ठोक्किँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै स्थानीय पत्रकार आलोक जोशीले बताएका छन्।

घटनास्थल भैरहवाबाट कम्तिमा ३५ किलोमिटर टाढा पर्छ। मृतकमध्ये भारतीय नागरिक अब्दुल हफिज सवारी चालक हुन्।

यस दुर्घटनामा  रुपन्देही जिल्ला तित्तोलमा नगरपालिकाका ३० वर्षीय जुखई थारु र सोही ठाउँका २४ वर्षीय उमेश चौधरी तथा ओखलढुंगा जिल्ला साबिकको उगु गाविस वडा नम्बर ३ का वर्ष अन्दाजी ६५ वर्षीय जगतबहादुर अधिकारीको पहिचान खुलेको छ। घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.