|

काठमाडौं : रियालिटी शो नेपाल आइडलको ग्राण्ड फिनाले (अन्तिम तीन) मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई प्रवेश गरेका छन्। शुक्रबार भएको अन्तिम एलिमिनेसनमा दर्शकबाट सबैभन्दा कम भोट पाएर सागर आले आउट भएका हुन्। नेपाल आइडलमा अघिल्लो हप्ता दर्शकले गरेको भोटको आधारमा ग्राण्ड फिनालेमा प्रवेश गर्ने तीन जना प्रतिस्पर्धी चयन गरिएको हो।

'यहाँसम्म आउनु नै ठूलो कुरा हो। अडिसनमा आउँदा नै ला… के हुने हो भन्ने थियो। सबैजना जजले माया गरिदिनुभयो। टप १८ मा आएँ सबैले माया गरिदिनुभयो' नेपाल आइडलबाट विदाइ मन्तव्यमा सागरले भने।   

नेपाल आइडलमा आएपछि आफूलाई सबैले चिनेको सागरले बताए। 'यहाँ आउँदा बच्चैजस्तो थिएँ कसैले चिन्दैनथे। अहिले सबैतिरबाट फोन गरेर बाबु के छ खबर भन्छन्। कुनै देशबाट फोन गर्न छुटाएका छैनन् जस्तो लाग्छ। मलाइ सबैजनाले माया गर्नुभएको छ' उनले भने।

नेपाल आइडलको ग्राण्ड फिनाले भने कतारको दोहामा सेप्टेम्बर २२ अर्थात असोज ६ गते हुनेछ। नेपाल आइडल चयनका लागि दर्शकहरुले आउँदो बिहीबार अर्थात ग्राण्ड फिनालेको एक हप्ता अगाडिदेखि भोट गर्न पाउनेछन्।

निर्णायक कालीप्रसाद बाँस्कोटाले यस हप्ता पनि दर्शकले भोट गर्न पाएको भए सागर आउट नहुने बताए। सागरले आफ्ना फ्यानहरुलाई आफू आउट भएकोमा दुख नमान्न र जथाभावी टिप्पणी नगर्न आग्रह गरेका छन्। ' मेरो फ्यान फलोइङ जति हुनुहुन्छ प्लिज नेपाल आइडललाई केही नभदिनुहोला' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.