|

जनकपुर : नेपाल लोकतान्त्रिक फोरमले जनकपुर उपमहानगरपालिकामा विजुली चोरी गरेको अभियोगमा सजाय पाएको व्यक्तिलाई प्रमुखका रुपमा अघि सारेको छ।

लोकतान्त्रिक फोरमले दुई वर्षअघि विजुली चोरेको अभियोगमा पक्राउ परी ३ लाख ४१ हजार जरिवाना तिरेर छुटेका हंसराज गुप्तालाई उम्मेदवार बनाएको हो। उनले नेपाल विद्युत प्राधिकरणमा ३ लाख ४१ हजार रुपैयाँ जरिवाना तिरेपछि छुटेका थिए। 

दशरथ तलाउ नजिक रहेको मिठााइ कारखानामा मिटर विभागेर विजुली चोरेक अभियोगमा पक्राउ परेपछि उनलाई प्राधिकरणले जरिवाना तिराएको थियो। गुप्ता हंसराज मिठाइ पसलको सञ्चालक हुन्। केही वर्षअघि सानो ठेलामा पसल खोलेर कारोबार सुरु गरेका हंसराज जनकपुरका प्रतिष्ठित व्यापारी हुन्। 

उम्मेदवारी दिएका दिन नेपाल लोकतान्त्रिक फोरमका धनुषा जिल्ला स्तरीय नेताले केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार निकट मानिएका कारण उनले टिकट पाएको बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.