|

काठमाडौं : नेपाल, नेपाली, काठमाडौं, यहाँका हिमाल, नदी यती, संस्कृति आदिबारे विश्वका पाँच महादेशका १ सय २५ कवि तथा अन्य व्यक्तिले लेखेका कविताहरुको सङ्ग्रह ‘इटर्नल स्नो’ (शाश्वत हिउँ) प्रकाशनमा आएको छ।

निराला पब्लिकेशन नयाँ दिल्लीद्वारा प्रकाशित तथा कोलम्बिया विश्वविद्यालयका डेभिड बी अस्टेल र अक्रोन विश्वविद्यालयका क्याथलिन डी गालाघरद्वारा सम्पादित सङ्ग्रहमा कवि युयुत्सु आरडी शर्मासँग दश वर्षका बीचमा विश्वका विभिन्न ठाउँमा भएका भेट र उनले सुनाएका कवितापछि उत्प्रेरित भई नेपालबारे प्राध्यापक, वैज्ञानिक, समाजसेवी, फोटोग्राफर, पादरी, परिचारिका, योगशिक्षक आदिले लेखेका कविता प्रस्तुत गरिएका छन्।

सङ्ग्रह शब्दका शक्तिले विश्वका विभिन्न संस्कृति र स्थानका मानिसलाई उत्प्रेरणा, साहस र एकीकरण गर्न सक्ने साक्षीका रुपमा आएको कवि शर्माले बताए।

सङ्ग्रहमा नेपालका सिर्जना भण्डारी, रवेज्ञा जोशी, विश्व सिग्देल, अरुण बुढाथोकी, शिव भुसाल, गौरव भट्टराई, डोम काफ्ले वरुण वज्राचार्यका पनि कविता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.