|

कालिकोट : जिल्लाको स्याउको राजधानीका रुपमा चिनिएको तिलागुफा नगरपालिका–१ बजेडीचौर टोलका किसानहरुले ४५ लाखको स्याउ बिक्री गरेका छन्। बजेडीचौर टोलका ३१ घर परिवारले यो वर्षमा ४५ लाख बराबरको स्याउ बिक्री गरेका हुन्। ७२ घरधुरी रहेको बजेडीचौर टोलमा यस वर्ष ३१ जना किसानहरुले स्याउ फलाएका थिए।

३१ जना किसानहरुमध्ये अधितकतम धेरै स्याउ बेच्ने ७ लाखको स्याउ बिक्री गरेका थिए भने कम बेच्नेले ६ हजारसम्मको स्याउ बिक्री गरेका छन्। बजेडीचौर टोलका सबैको स्याउ रोपेका थिए। तर कसैकहाँ स्याउ राम्रो फलेको छ भने कसैकहाँ कम फलेको छ। तर, राम्रो स्याउ फलेका कृषकहले भने राम्रो आम्दानी लिएको स्याउ किसान पृथ्वीबहादुर बुढाले बताए। ‘यो टोलमा स्याउ बेचेर सबैले राम्रो आम्दानी लिएका छन्’, उनले भने, ‘यो वर्षको कसैको बारीमा स्याउ नै फलेन।’

बजेडीचौर टोलबाट सबैभन्दा बढी बेगम शाहीले ७ लाख रुपैयाँको स्याउ बिक्री गरेका थिए। त्यसैगरी सबैभन्दा कम ६ हजार रुपैयाँको स्याउ ३ जना किसानहरुले बेचेको बजेडीचौरका स्याउ किसान मनबहादुर बुढाले बताए। ‘सबैभन्दा बढी स्याउ बेच्ने किसानले ७ लाखसम्मको बिक्री गरेका छन्’, उनले भने, ‘सबैभन्दा कम बेच्नेले ६ हजार बराबरको स्याउ बिक्री गरेका छन्।’

एउटै टोलमा ४५ लाख बराबरको स्याउ बिक्री भएपछि कर्णालीमा किसानहरु स्याउ खेतीतर्फ आकर्षित भएका छन्। स्याउ फलाएर कृषकहरुले राम्रो आम्दानी लिन थालेको किसानहरु स्याउ बिक्री राम्रो आम्दानी लिएको एउटै टोलमा ४५ लाखको स्याउ बिक्री भएको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए। ‘बजेडीचौरका एउटा टोलमा मात्र ४५ लाख बराबरको स्याउ बिक्री भएको छ।’ उनले भने, ‘स्याउ खेतीमा सरकारी लगानीको वृद्धि गरिएको छ। स्याउ खेतीबाट किसानहरुले राम्रो आम्दानी लिन पनि थालेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.