|

कास्की : पोखरा रंगशालामा भदौ २६ देखि असोज ७ गतेसम्म नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ।

कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने छ।

पहिलो सिफ्ट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सिफ्ट असोज २ देखि ७ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए। पोखराको पर्यटन प्रवर्द्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ।

नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायक जस्ता ख्याति प्राप्त खेलाडीको सहभागिता रहने बताइएको छ।

प्रतियोगितामा झण्डै ८३ जना खेलाडीको सहभागिता रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.