|

पाल्पा : मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–४ सिलाङ्गथोकका ३४ वर्षिय रमेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक डिल्लीराज पन्तले जानकारी दिए। 

बुटवलबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ९१५६ नम्बरको मिनी ट्रक दिउँसो साढे दुई बजेतिर तानसेन– ५ धरमपानीमा दुर्घटना भएको हो। प्रहरी उपरीक्षक पन्तका अनुसार ट्रक सडकभन्दा करिब ७० मिटर तल खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.