नुवाकोट : काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा आज दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा २९ जना घाइते भएका छन्।
मृतकको पहिचान खुल्न सकेको छैन्। घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौँ पठाइएको छ। दुर्घटना घुम्ती मोड्दा भएकोे र बस सडकबाट ३५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।