|

कावासोती : नवलपुर क्षेत्रमा साउनमा नदीजन्य वस्तुको निकासीका लागि खुल्नुपर्ने साउमा खुल्नुपर्ने टेण्डर भदौको अन्तिम साता लाग्दा समेत नखुलेको भन्दै यस क्षेत्रका  ट्रयाक्टर व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

नवलपरासीको कावासोतीका व्यवसायीहरुले तत्काल केरुङ्गे खोलामा टेण्डर लगाएर खोलामा रहेको नदीजन्य वस्तुको निकासीका लागि अनुमति दिन माग गरेका छन्।

नवलपुर ट्रयाक्टर समितिका अध्यक्ष शिव गिरीले आफूहरुले पटक–पटक सरकारसंँग खोला तथा नदीहरुमा रहेका नदीजन्य वस्तुको निकासीको लागि माग गरेपनि सुनुवाई नभएको बताए। 

प्रहरीले ट्रयाक्टर व्यवसायीहरुलाई तारो बनाएर नियन्त्रणमा लिने गरेको तथा स्टक सामग्री ढुवानी गर्दा पनि समातेर जरिवाना तिराउने गरेको उनको आरोप छ।
नवलपुर ट्रयाक्टर समितिका उपसमिति अध्यक्ष लक्ष्मण थापा क्षेत्रीले बताए  नदीजन्य वस्तुको निकासी रोकिंदा ट्रयाक्टर व्यवसायीहरुले ठूलो क्षती व्यहोर्नुपरेको बताए। 

विरोध स्वरुप शनिबार केरुङ्गे खोलामा व्यवसायीहरुले १ सय ट्रयाक्टर नदी किनारमा राखेका छन्। उनीहरुले १–२ दिनभित्रै कुनै निकास नदिए आफूहरुले खोलाबाट नदीजन्य वस्तु ढुवानी गरी प्रहरीकोमा गिरफ्तारी दिने बताए।

उपसमितिका अध्यक्ष लक्ष्मण थापा क्षेत्रीले खोलामा नदीजन्य वस्तुको निकासीका लागि टेण्डर नलगाउँदा जमिनको सतहभन्दा माथि गिटी बालुवाको सतह आउने र बाढी आउँदा गाउँ पस्ने खतरा हुने गरेको दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.