|

महोत्तरी : सदरमुकाम क्षेत्रमा पर्ने जलेश्वर नगरपालिका–७ बाट दलित महिलामा उम्मेदवारी दिएका सुनीता रामलाई आफू कुन पार्टीबाट उठेको छु भन्ने जानकारी छैन। जलेश्वर–५ पर्सातैलीकमा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी जिवछी देवीलाई समेत आफ्नो पार्टीको नाम थाहा छैन। 

सुनीता र जिवछी मात्र होइन स्थानीय तहको निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका अधिकांश दलित महिला उम्मेदवारलाई आफ्नो पार्टी र चिह्नबारेमा थाहा छैन। जलेश्वरमा उम्मेवारी दर्ता गराउने क्रममा जिवछीलाई ‘तपाईँ कुन पार्टीबाट?’ भन्ने जिज्ञासा राख्दा उनले ‘नमस्ते पार्टीबाट’ भन्ने जवाफ दिइन्। उनलाई नेपाल लोकतान्त्रिक फोरमबाट चुनावमा उठेको पनि थाहा थिएन।

जलेश्वर– ३ खैराबाट माओवादी केन्द्रकी दलित उम्मेदवारलाई पनि आफ्नो पार्टीको नाम थाहा छैन। दलका नेताहरूले कतिपय महिलालाई सञ्चारकर्मीसँग कुरा गर्नसमेत दिइरहेका थिएनन्। वडा सदस्यमा अनिवार्य भएपछि पार्टीको नाम नै जानकारी नदिइकन सिधै उम्मेदवारी फाराम भर्न लगाएपछि दलित महिला अलमलमा परेका थिए।

धनुषाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा माला लगाएको अवस्था भेटिएकी जनकपुर उपमहानगरपालिका–२२ की कौशिला दासलाई पनि पार्टीको नाम थाहा थिएन। सञ्चारकर्मीले 'कुन पार्टीबाट चुनावमा उठ्नुभएको' भन्ने जिज्ञासा राख्दा उनले आफ्ना पार्टीका नेतालाई सोधर भन्ने बताइन्। ‘चुनावमा लड्नुपर्छ भनेर ल्याए। अरु मलाई केही थाहा छैन’, उनले भनिन्, तपाइँलाई चाहिन्छ भने सोधेर भन्नसक्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.