|

चितवन : नारायणगढ क्याम्पाचौरमा जारी ‘प्रथम जेसिज कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुने भएको छ।

शनिबारको खेलमा विजय युथ क्लब हेटौडालाई शून्यविरुद्ध दुई गोल गर्दै मनाङ मर्स्याङ्दीले एपीएफसँगको भेट पक्का गरेको हो। यसअघि शुक्रबार भएको खेलमा सुदूर पश्चिमाञ्चल ११ लाई शून्यविरुद्ध तीन गोलले हराउँदै एपीएफ फाइनलमा पुगेको थियो।

फाइनल खेल सोमबार हुने आयोजक नारायणगढ जेसिजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए।प्रतियोगितामा पहिलो हुने टिमले रु.३ लाख ५० हजार र ट्रफी तथा दोस्रो हुनेले रु. १ लाख ७५ हजार र ट्रफी पाउने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.