फिचर

दसैंका खसी मासुको भाउमा जोखेर बेच्न नपाउँदा उदयपुरका किसान चिन्तित
SHARES

परम्परागत शैली र हचुवाको भरमा बेच्नुपर्दा एउटा खसीमा ३ देखि ५ हजार घाटा

भदौ २५, २०७४

    उदयपुर : उदयपुरका ग्रामीण क्षेत्रका कृषकले परम्परागत रुपमा पाल्दै आएका खसी हचुवाको भरमा बेच्न बाध्य छन्। गाउँघरमा कृषकले पालेका खसीबोका तौल गरेर बेच्ने माध्यम नहुँदा बर्सेनि कृषकले घाटा खानुपरेको बताउँछन्।

    उदयपुरगढी गाउँपालिका २ का स्थानीय कमला खत्रीले गुनासो गरिन्, ‘व्यापारी आउँछन्, हचुवाकै भरमा मोलमोलाई गर्छन्, कृषकलाई पैसाको खाँचो परिरहेको हुन्छ, अनि त्यही मोलमोलाइमा दिनुपर्छ। यसरी आफूले घरमा पालेको खसी हचुवाकै भरमा बेच्नुपर्ने बाध्यता कमलाको मात्र होइन।

    उदयपुरका पहाडी क्षेत्रमा पराम्परागत शैलीमा खसी पाल्ने कृषकको पीडा छ। ‘गाउँमा हचुवामा खसी किन्ने व्यापारी यसपालि पनि नआएका होइनन्’ ताप्ली गाँउपालिकाका ५ का तोपराज ठकुरीले भने, ‘दसैँको मुखमा आफ्नो घरमा भएका २१ वटा खसी बेच्नुपर्ने छ, गाउँमा किलोकाँटामा लगाएर तौलिने चलन नै छैन, त्यही हचुवाको भरमा बेच्ने तयारीमा छु।’

    अहिले उदयपुरको ग्रामीण क्षेत्र प्रतिकिलो ५ सय रुपैँया छ। जुन मूल्य गाईघाट, कटारी, बेल्टार लगायतको क्षेत्रमा काटेर मासु बिक्री गर्दा २ सयदेखि ३ सय बढी पाइन्छ। ‘पहाडी क्षेत्रका गाउँमा पनि विभिन्न समूह तथा कृषक सहकारीले मासुको मूल्य ५ सयदेखि ६ सयसम्म तोकेको छ।’ पुन ठकुरीले भने, ‘त्यसैको आधारमा मूल्य निर्धारत गरेर बेच्ने गरेका छौं।’

    एउटा खसीमा ३ देखि ५ हजार घाटा

    गाउँका किसान सोझा हुन्छन्। उनीहरूको दसैँको गर्जो टार्न त्यही खसी बेच्ने गर्दछन्। बिकेन भने दसैँ मान्न पाउँदैनन्। अनि व्यापारीकै मूल्यमा दिनुपर्छ। सस्तो महँगोभन्दा पनि आपूmले अनुमान गरेको किलोको आधारमा व्यापारीले नलग्ने गरेको कृषकको गुनासो छ। हचुवाको भरमा बेच्दा कम्तीमा ३ हजारदेखि ४ हजारसम्म घाटा हुने गरेको कृषकको गुनासो छ।

    गएको ०७३ सालको दसैंमा १७ वटा खसी स्थानीय व्यापारी समिर कार्कीमार्फत बेचेका उदयपुरगढी गाउँपालिका २ मनोज कार्कीले भने, ‘पछि समिरले भनेको सुन्दा १६ हजार नाफा भयो रे ? ‘मैले हचुवाको भरमा एक लाख ९० हजारमा दिएको थिए,’ पछि उनीहरुको मुखबाट सुन्दा एउटा बाटैमा मरेछ, त्यति हुँदा पनि १६ हजार नाफा भयो रे भन्दा म कति घाटामा परे होला त?’

    दसैंको गर्जो टार्ने माध्याम नै खसी

    उदयपुरका पहाडी क्षेत्रका अधिकांश कृषकको दसैं खर्च टार्ने माध्याम खसीनै हो। पछिल्लो समय वैदेशिक रोजगारीमा गएका छोराछोरीको भरथेग हुन थालेको बताउने सर्वसाधरणहरु पनि दसैं मान्ने आम्दानीको स्रोतको रुपमा खसी बोकालाई बनाउने गर्दछन। पराम्परागत रुपमा खसी पालेरै पहाडी क्षेत्रमा बर्सेनि एक लाखदेखि तीन लाखसम्म लिने कृषक भेटिन्छन्। तर, हचुवाकै भरमा बेच्ने र किन्ने गरेकाले कृषकले मात्र होईन व्यापारी समेतले घाटा व्यहोर्नुपरेको छ।

    ‘स्थानीय रुपमा हामीले पनि तौल गर्ने ठाँउ नभएकाले हचुवाकै भरमा किन्न पर्छ,’ स्थानीय रुपमा खसी व्यापार गर्ने कटारी होमबहादुर राउतले भने, ‘कहिले हामीले घाटा व्योहोर्ने हो, कहिले किसानले।’ राउतका अनुसार गाँउमा खसी लगायत घर पालुवा बस्तु बिक्रि गर्दा जोख्ने किलोकाँटा अनिवर्या नर्गनाले समस्या छ।

    जिल्ला कृषि विकास कार्यालय उदयपुर तथा विभिन्न गैरसरकारी संस्थामार्फत सञ्चालनमा आएका कृषि बजारमा समेत खसी बोका तौल गर्ने किलोकाँटा नभएको बताइन्छ। ‘गाँउमा त परै जवस, कृषि बजारमा समेत धेरै ठाँउमा पशुजन्य वस्तु विक्री गर्दा तौलनै व्यवस्था नभएको देखेको छु,’ राष्ट्रिय कृषक समुह महासंघ उदयपुरका अध्यक्ष सोमबहादुर दनुवारले भने, ‘यसको व्यवस्था अव जनप्रतिनिधिहरुले गर्नुपर्छ, पहाडी क्षेत्रका कृषको ठूलो समस्या हो।’

    जिल्ला पशु सेवा कार्यालय उदयपुरका अनुसार जिल्लामा भेडा पालन व्यवसाय छैन। तर, जमुनापारी, लाम्काने, वर्णसंकर लगायतका उन्नत जातका तथा स्थानीय जातका खसी बोका पालिने गर्दछन्। तर, कृषि तथा पशु कार्यालयसँग उदयपुरमा कति खसी बोका उत्पादन हुन्छ भन्ने तथ्यांक भने छैन।

    कृषि कार्यालय उदयपुरको एक तथ्यांकअनुसार गएको आर्थिक वर्ष ०७२/०७३ सम्म उदयपुरमा २ लाख ७५ हजार ५ सय ७६ खसी बाख्रा रहेका छन्। जुन तथ्यांक विश्वासनीय भने छैन। उदयपुरका कृषकले पालेका खसी बोका दसंैको लागि विराटनगर, काठमाडांै लगातको सहरमा पुग्ने गरेको व्यापारीहरुको भनाइ छ। व्यावसायिक रुपमा खसी बाख्रा कमै मात्रमा पालिने गरेको देखिन्छ।   

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]