|
हाइड्रोजन बमको परिक्षणका क्रममा वैज्ञानिकहरुसँग नेता उन।

उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन्।

उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिएको बतायएको छ। उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार नेता उनको प्रतिक्रियाबारे जानकारी दिएका हुन्।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्तागर्दै आणविक परीक्षणहरु गर्दै आएको छ। उसले गतहप्ता मात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम मिश्रित रहेको बताइएको छ।

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल वैज्ञानिकहरुसँग शनिबार रात्रिभोज गरेको उत्तरकोरियाका सञ्चार माध्यमले जनाएका छन्।

नेता उनले वैज्ञानिकहरुलाई विशेष धन्यवाद ज्ञापन गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन्। मिसाइल वैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएको बताइएको छ। उनले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिएका थिए।

उत्तर कोरियाले गरेको हाइड्रोजन बम परीक्षणको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक समेत बोलाइएको अवस्थामा नेता उनले थप हतियार विकास गर्न निर्देशन दिएका छन्।

पढ्नुस् : उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि विश्व शक्तिराष्ट्रहरुमा 'भूकम्प'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.