|
File Photo

महोत्तरी : नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन र प्रदेशको सीमांकन हेरफेर मधेसी जनताको नभएर केही नेताको व्यक्तिगत इच्छा मात्रै भएको बताएका छन्।

स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रचारप्रसारका लागि महोत्तरी आएका नेपालले बर्दिवासमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

कांग्रेस र माओवादी मधेसको हितैसी पार्टी नभएको उनको आरोप छ। नेता नेपालले भने, ‘कांग्रेस र माओवादी मधेसका हितैसी होइनन्, उनीहरु संविधान संशोधनको कुरा उठाएर भ्रमको खेती गरिरहेका छन्।'

नागरिकतासम्बन्धी मधेसकेन्द्रित दलको माग विदेशीलाई नागरिकता दिने उद्देश्यले प्रेरित रहेको उनको आरोप छ। ‘यहाँ मुसहर, बातर, ढागंरलाई नागरिकता दिने कुरा किन उठ्दैनन्?' नेता नेपालले प्रश्न गरे।

देश विकासका लागि एमाले कहिल्यै बाधक नबन्ने उनको जिकिर छ।

प्रदेश नम्बर २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ। सोही निर्वाचनको प्रचारप्रसारका लागि नेपाल महोत्तरी आएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.