|

काठमाडौँ: ओएस नेपाल म्युजिक अवार्ड- २०७४ मा वेस्ट लिरिसिस्ट, पप विधाको अवार्ड कवि तथा गीतकार अस्मिता सुमार्गीले जितेकी छन्। सुमार्गी थाहा खबर प्रालिकी अध्यक्षसमेत हुन्।

२०७३ बैशाखदेखि २०७४ असारसम्म सार्वजनिक भएका गीत/संगीतका स्रष्टा, गायक तथा संगीतकारहरूलाई विभिन्न ४३ विधामा शुक्रबार अवार्ड प्रदान गरिएको थियो। सुमार्गीले ‘ती नजरले...’ बोलको गीतका लागि वेस्ट लिरिसिस्ट, पप विधाको अवार्ड जितेकी हुन्। उक्त गीतमा संगीत र स्वर उदेश श्रेष्ठको रहेको छ। सो विधामा गीतकारहरू विष्णुराज गुरुङ, आनन्द अधिकारी, तेञ्जिङ भुटिया र डीपी खनाल पनि मनोनयनमा परेका थिए। एसएमएस भोटिङमा सुमार्गीको गीतको शब्द उत्कृष्ट ठहरिएको हो।

लोक दोहोरीतर्फ उत्कृष्ट म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा शहदेव कोइराला, म्युजिक भिडियो मोडलतर्फ पुरुषमा दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिकामा अवार्ड संगीता मगरले अवार्ड प्राप्त गरे। त्यस्तै वेष्ट लिरिक्समा कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो एडिटरमा दीपक विष्टले अवार्ड प्राप्त गर्दा लोक गीततर्फ उत्कृष्ट गायकमा पुष्कल शर्मा सम्मानित भए।

यस्तै, आधुनिकतर्फ सर्वाेत्कृष्ट गायकमा सुरजकुमार थापा र नवोदित गायकमा सुरेन गौतमलाई अवार्डसहित सम्मान गरिएको छ। पप संगीततर्फ सुमार्गीका अलावा अमित ज्वला, नवोदित गायकमा रुदेश डंगोलले अवार्ड प्राप्त गर्दा वेष्ट पप गीत फिमेल रीता गुरुङ सम्मानित भइन्।

यस क्रममा विभिन्न भाषाभाषीका गीत/संगीतका स्रस्टाहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Dear Asmita Sumargi jee! Thanks! I extend my congratulation for your attempt in singing! Thank you Dirgha Raj Prasai