राजनीति

प्रधानमन्त्री देउवालाई लाग्यो चुनाव : तयार भयो चार दिने २ नम्बर प्रदेशको सेड्युल
SHARES

File Photo
भदौ २५, २०७४

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

    देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जानुहुने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ। प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभा र सिरहाको जिरोमाइलमा अपराह्न ४ बजे आयोजना हुने चुनावीप्रचार सभालाई सम्बोधन गर्नेछन्।

    सिरहाको सम्बोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि प्रधानमन्त्री देउवा जनकपुर प्रस्थान गर्नुहुने तालिका छ। उनले भदौ २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नाका साथै कार्यकर्तासँग भेटी अपराह्न १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ।

    भदौ २९ गते प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। सर्लाहीको मलंगवामा अपराह्न १ बजे हुने आमसभा र अपराह्न ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गरी प्रधानमन्त्री देउवा वीरगञ्ज प्रस्थान गर्नेछन्।

    भदौ ३० गते अपराह्न १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधनपछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा सोही दिन काठमाडौं फर्कने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]