वि.सं २००० हुनुपर्नेमा एउटा शून्यमा याद नगर्दा समस्या

|

उदयपुर : आमनेपाली नागरिकको उमेर नेपाली नागरिताको प्रमाणपत्रले प्रमाणित गर्दछ। त्यही नगरिकताको प्रमाण पत्रलाई आधार मान्ने हो यहाँका एक वृद्धको उमेर अहिले दुई शताब्दी पुगिसकेको छ। अर्थात् १ हजार ८ सय ७४ वर्ष पुगेको हो।

यसरी नागरिकताको उमेरको हकले एक हजार ८ सय ७४ वर्ष बाँच्ने वृद्ध हुन् उदयपुरको ताप्ली गाउँपालिका-५ का राजबहादुर राउत। ‘खै मरो नागरिकतामा मेरो उमेर १ हजार ८ सय ७४ वर्ष पुगेको छ रे,’ थाहा खबरको टेलिफोन सम्पर्कमा राउतले भने, ‘मेरा बाबा र आमाले भनेअनुसार मेरो उमेर ७४ वर्ष पुग्नुपर्ने हो।’

७४ वर्षे वृद्ध राउतलाई १ हजार ८ सय ७४ वर्ष पुगेको नागरिकता ०४४ साल चैत्र २९ गते पाएका हुन्। ४/८६०/१२३५ नागरिता नम्बर रहेको नागरिकता राउतको नाममा टोली प्रमुख सुरेन्द्रनाथ आर्यालयले प्रमाणित गरेका छन्। पछि ०७३ असार २० गते नागरिकताको पहिलो प्रतिलिपी इलाका प्रशासन कार्यालय कटारीबाट लिएका छन्। नागरिकताका अनुसार राउतले ०४४ मा जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गाउँमा गएको टोलीबाट लिएका हुन्।

उनको जन्म मिति विस २००० साल हो तर, दुई/दुई पटक नागरिकता बनाउँदासमेत जन्म मिति विस २०० साल मात्र लेखिएको छ। जन्मेको महिना र गतेसम्म उल्लेख गरिएको छैन। नागरिकताको आधारमा ७४ वर्षे वृद्ध राउतको उमेर अहिले १ हजार ८ सय ७४ वर्ष भयो। जुन सरकारी कर्मचारीकै गल्ती हो। ‘नागरिकताको फोटो देखाउँदै पत्रकार जीवनाथ दाहालले भने, ‘सेवाग्राहीप्रति सरकारी निकायका कर्मचारी गम्भीर नबन्दा वृद्धाको उमेर दुई शताब्दी पुग्यो।’

यता, ०७३ साल असार २० गते पहिलो प्रतिलिपि लिएका राउतको जन्म मितिसमेत राम्ररी नहेरी प्रतिलिपि दिने इलाका प्रशासन कार्यालयका कटारी शाखा अधिकृत सुनिल पौडेल छन्। पौडेलले पनि कुनै त्रुटि नऔंल्याइकन प्रमाणित गरेका हुन्।

गल्ती भएकै हो अब सच्याउँछौं : कार्यालय प्रमुख

०४४ मा गाउँमा गएको टोलीबाट बिग्रेको नागरिकता ०७३ साल असार २० गते पहिलो प्रतिलिपि बनाउँदा पनि सच्चिएन। इलाका प्रशासन कार्यालय कटारीका प्रमुख शाखा अधिकृत सुनिल पौडेलले तत्काल सच्चाउने बताए। ०४४ सालमा टोलीले बनाएको नागरिकता हराएपछि अभिलेख गाइघाट थियो। गाइघाटबाट फ्याक्स मगाएर हतारमा काम गरेका थियौं। त्यो लेख्ने बहिनी हुनुहुन्थ्यो, निशा परियार।

निशा परियारले समेत विसं २०० नै राखिदिनुभएछ। धेरै भीडभाड भएकाले मैले पनि हेरिनँ, सिधै प्रमाणित गरेर पठाइदिएँ। अहिले मैले थाहा पाएँ। अब प्रशासन कार्यालय कटारीमार्फत ताप्ली गाउँपालिकामा पत्र लेखेर सम्बन्धित व्यक्तिको खोजी गरेर सच्याउँछौं। वृद्धको नागरिकतामा जन्म मिति नसच्चिनु कार्यालय प्रमुखको हैसियतले म दोषी हुँ' अब सच्चिनेछ।

यता, जिल्ला प्रशासन कार्यालय प्रमुख उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले वृद्धाको नागरिता ढड्दा हेरेर मात्र बताउन सकिने बताए। ‘वृद्धाको नागरिकताको ढड्डामा मिस्टेक भएको भए सोच्नुपर्ने हुन्छ,’ उनले भने, ‘होइन २००० हुने ठाँउमा २०० नै रहेछ भने सच्याउँदा हुन्छ, कुनै सिफारिस पनि चाहिँदैन।’ प्रजिअका अनुसार ढड्डाभन्दा बाहिर गएर मनलाग्दी कर्मचारीले गरेको ठहर भए ऐनअनुसार कारबाही हुनेछ।

कर्मचारीले लापरबाही गरेको पुष्टि

वृद्धको नागरिकता बनाउँदा कर्मचारीको समेत लपरबाही हुन्न भन्ने कुरा पुष्टि भएको छ। यसरी २००० हुने पर्ने ठाउँमा २०० लेख्ने कर्मचारीले फेक नागरिकता नबाँडलान् भन्ने कुनै ग्यारेन्टी छैन। ०४४ सालमा गाउँमा नागरिकता बनाउन गएका टोली प्रमुख सुरेन्द्रनाथ आचार्यले नदेखेको त्रुटि इलाका प्रशासन कार्यालय कटारीका सुनिल पौडेलले समेत देखेनन्।

टोली प्रमुख र इलाका प्रशासनले नागरिकता बनाउन त्यति सजिलो छैन। हरेक कागजातहरू अध्ययन गरेर फाँटवालाले प्रशासकीय अधिकृत हुँदै प्रमुख जिल्ला अधिकारी/टोली प्रमुख वा इलाका प्रशासन कार्यालय प्रमुखसम्म चेकजाँच हुन्छ नै। चेकजाँच भएर मात्र प्रमुख व्यक्तिले रातो मसीले प्रमाणित गुर्नपर्छ। तर, प्रक्रियासम्म पुग्दा पनि कसैको आँखा परेको छैन। जन्म मिति नहेर्नु टोलीप्रमुख र इलाका प्रशासन प्रमुखको लावरबाही प्रस्ट देखिन्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.