अर्थ

एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ सेवा
SHARES

भदौ २५, २०७४

    काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो उपस्थिति स्थापित गर्दै गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। 
    त्यस क्रममा बैंकले भदौ २३ गते इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजार र भदौ २४ गते झापाको बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगर गडी गाउँ बजार र इलामको रोङ गाउँपालिकामा पर्ने कुटी डाडाँ बजारमा समेत गरी ३ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो। 

    देउराली बजार शाखारहित बैंकिङ सेवाको उद्घाटन सन्दकपुर गाउँपालिका उपाध्यक्ष श्रीमति शोभा पराजुली, शान्तिनगर गडी गाउँ बजार शाखारहित बैंकिङ सेवाको उद्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र कुटीडाडाँ बजार शाखारहित बैंकिङ सेवाको उद्घाटन रोङ गाउँपालिका उपाध्यक्ष श्रीमति चन्द्रकला राई (बुढाथोकी) ले गरेका छन्।

    यस सेवाबाट ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन्। साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकको छ। यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाइल रिचार्ज गर्न, टेलिफोन, मोबाइल, एडिएसएल, डिस होमलगायतको महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ। 

    यी ३ वटा शाखारहित बैंकिङ सेवाहरुसहित हाल एनआईसी एशिया बैंकले आफ्ना १२० शाखा, ४ एक्टेन्सन काउन्टर र ९० एटिएममार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]