स्वास्थ्य

उच्चस्तरीय स्वास्थ्य नीति परामर्श समितिको बैठक सम्पन्न
SHARES

भदौ २५, २०७४

    काठमाडौँ: संघीय संरचनाअनुसार स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समितिअन्तर्गतको उच्चस्तरीय स्वास्थ्य नीति परामर्श समितिको बैठक सम्पन्न भएको छ।

    बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले साझा सहमति गरेर चाँडोभन्दा चाँडो ड्राफ्ट तयार गर्न निर्देशन दिए। उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले संविधानको मूल पक्षलाई समेटेर स्वास्थ नीति बनाउनुपर्ने धारणा राखे।

    प्रादेशिक चुनाव हुनुअघि नै स्वास्थ्य नीतिको ड्राफ्ट तयार पार्न मन्त्री पोखरेलले समितिका सदस्यहरूलाई निर्देशन पनि दिए। राष्ट्रिय स्वास्थ्य नीति महत्त्वपूर्ण विषय भएकाले सबैको सहयोगको अपेक्षा गरिएको मन्त्री पोखरेलले बताए।

    नयाँ स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समितिले आफ्नो कामलाई तीब्रता दिएको जनाएको छ। आइतबार बसेको बैठक स्वास्थ्य नीतिमा समेट्ने विषय, समितिले गठन गरेको कार्यदल र दातृ निकायले गर्ने सहयोगमा केन्द्रित थियो। स्वास्थ्यका विषयलाई संघीयतामा लैजान तथा संविधानमा उल्लेखित विषयलाई नीतिगत रूपमै समाविष्ट गर्न गत भदौ ५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

    समितिको कार्यकारी उपाध्यक्षमा पूर्व राजदूत डा. महेश मास्के छन् भने सदस्यसचिव स्वास्थ्य मन्त्रालयको सचिव हुने व्यवस्था छ।

    बैठकले नयाँ संरचना नीति बनाउन नौवटा कार्यदल र एउटा परामर्श समिति गठन गरेपछि आइतबार परामर्श समितिको बैठक बसेको समितिका सदस्य डा. शरद वन्तले जानकारी दिए। बैठकले आगामी मंसिरमा हुने केन्द्र र प्रदेशको निर्वाचन अगाडि नै नीतिको पहिलो मस्यौदा बनाएर सरकारलाई बुझाउने तयारी गरेको वन्तले बताए।

    समितिले नीति निर्माणका लागि गोष्ठी र छलफलका साथै ईमेल र अनलाइनबाट पनि सुझाव संकलन गर्ने जनाइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]