|

काठमाडौँः साहित्यकार विश्ववेश्वरप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा साहित्यप्रधान पत्रिका ‘सिसार’को चौधौँ अंक लोकार्पण तथा स्रष्टा सम्मान गरिएको छ। 

समालोचक चूडामणि काफ्ले र कवि हरिविक्रम केसीलाई सिसार सम्मान अर्पण गरियो। यस अवसरमा काफ्लेको ‘केही समीक्षा : केही विवक्षा’ कृतिको लोकार्पणसमेत गरियो। 

प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कुमारप्रसाद कोइराला, आख्यानकार गीता केशरी, कवि भुवनहरि सिग्देल, कवि एवं समालोचक डा. रामप्रसाद ज्ञवाली, साहित्यकार तुलसीहरि कोइराला, सिसारका प्रधानसम्पादक ज्ञाननिष्ठ ज्ञवालीलगायतका स्रष्टा, वक्त्ताहरूले कृतिहरू लोकार्पण गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.