|

काठमाडौं : नुवाकोट कटेर केरूङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ। जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोष्ट छन्। रसुवाका टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाका चार वटा चेक पोष्ट छन्। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेनाले पनि चेक पोष्ट राखेको छ।

सीमा र धुन्चेमा सशस्त्र प्रहरीको २ चेकपोष्ट छन्। प्रहरीको सीमाको २ सहित स्याफ्रु, धुन्चे, कालिकास्थान र बेत्रावतीमा ६ वटा चेक पोष्ट छन्। हरेक चेकपोस्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरे पनि ८८ किलो सुन फेला परेको गाडीको रेकर्ड टिमुरेस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा मात्र दर्ता छ।

सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिमुरेमा भदौ १५ गते गाडी पार भएर तिब्बत गएको देखिन्छ। सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरी अपराध महाशाखाका अनुसार सो गाडी १८ गते केरूङ हुँदै पुन: काठमाडौं भित्रिएको थियो।

रसुवाका कुनै सुरक्षा चेकपोस्टमा सो गाडी आएको तथ्याङ्क नहुँदा  सुन तस्करीमा सुरक्षा संगठनको व्यवहार शंकास्पद देखिएको छ। नाका बिहान ८ बजे खुल्छ, साँझ ४ बजे बन्द हुन्छ। नेपालको नाका कटेर तिब्बतको पाङसिङसम्म नेपाली सवारी साधन जान पाउँछ। बीचमा पर्ने थोसाङमा चिनियाँ प्रहरीको चेक प्वाइन्ट छ।

स्रोतका अनुसार थोसाङको चेक प्वाइन्ट छल्न तस्कर समूह तस्कर समूह मालागढी भएर नेपालतर्फ आउने गरेका छन्। त्यहाँबाट धादिङबेसी निस्कन्छ। तस्कर समूहले मूल बाटो छल्न वैकल्पिक बाटोका रुपमा रसुवागढी हाइड्रोको कच्ची सडकसमेत प्रयोग गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.