|
प्रतीकात्मक तस्विर

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र के गर्दै होलान् भन्ने सबैको चासोको विषय हो। करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा दरबार हत्याकाण्डमा दिवंगत भएका बुबा, अामा, दाजु, भाउजु, हजुरबुबा र हजुरआमाको श्राद्धमा व्यस्त छन्।

उनलाई अहिले आफ्ना पितृहरूको श्राद्ध गर्दै फुर्सद छैन। उनले आइतबार दाजु वीरेन्द्र, भाउजु ऐश्वर्या, भतिज दीपेन्द्र र निराजनको श्राद्ध गरे। पितृपक्षको पहिलो दिन उनले बुबा महेन्द्रको श्राद्ध गरेका थिए।

त्यसको पर्सिपल्ट उनले हजुरबुबा राजा त्रिभुवनको श्राद्ध गरेका थिए। मंगलबार आमा इन्द्रराज्यलक्ष्मीको श्राद्ध गर्नेछन्। निर्मल निवासमै सामान्य रूपमा पण्डितलाई बोलाएर श्राद्ध गरेका हुन्। आमा इन्द्रराज्यलक्ष्मीको श्राद्धपछि यो वर्षको श्राद्ध सकिनेछ।

२०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराजकुमार निराजनको हत्या भएको थियो। दरबार हत्याकाण्डअघि सबै पितृहरूको श्राद्ध वीरेन्द्रले नै गर्ने गरेका  थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.