|

  • महेश्वर अधिकारी

बारा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाराका जिल्ला सचिवालय सदस्य रामलाल दोङ ‘विपी’लाई प्रहरीले पक्राउ गरेको छ। निजगढ नगरपालिका वडा नम्बर १२ निवासी दोङलाई निजगढ– ११ स्थित रतनपुर बजारबाट आइतबार साँझ ६ बजे पक्राउ गरिएको हो।

निजगढ बजारबाट किनमेल गरेर मोटरसाइकलमा श्रीमतीसहित फर्किँदै गरेको अवस्थामा दोङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक भवनेश्वर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय निजगढमा राखिएको बारा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक साहले जानकारी दिए।

यता नेकपा बाराले भने घटनाको भत्र्सना गरेको छ। जिल्ला इञ्चार्ज सञ्जिवनी शर्मा र सेक्रेटरी चन्द्रप्रकार घिमिरेले एक विज्ञप्ति प्रकाशित गर्दै दोङलाई तत्काल रिहा गर्न माग गरेका छन्।

निजगढ र टांगिया बस्तीमा गत शुक्रबार बम विस्फोट भएपछि प्रहरीले विप्लपका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ। हालसम्म सो घटनाको जिम्मा कसैले लिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.