|

दाङ : मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका शान्तिनगरका ढकबहादुर केसीकी श्रीमतीको पनि मृत्यु भएको छ। श्रीमान्सँगै आइतबार शमशेरगञ्जमा दुर्घटनामा परेर गम्भीर घाइते भएकी सीता केसीको उपचारको क्रममा आज बिहान ४ बजे भारतको लखनउमा मृत्यु भएको पारिवारले जनाएको छ।

सीता शान्तिनगर– ३ स्थित बीपी मावि बयालेको व्यवस्थापन समितिकी पूर्वअध्यक्ष हुन्। नेपालगञ्जबाट दाङतर्फ आउँदै गर्दा उनीहरू सवार मोटरसाइकललाई ना ४ ख ५६५३ नम्बरको बसले शमशेरगञ्जमा ठक्कर दिएको थियो।

गाडी र चालक प्रहरी नियन्त्रण रहेको बताइएको छ। मृतक दम्पतीको शव भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ ल्याउने तयारी रहेको पत्रकार निराश पाण्डेले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.